CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


सिक्किमका तिमी चियालाई पूर्ण अर्गैनिकको ऐतिहासिक मान्यता प्राप्त

post_image
आइएमओ-ले शतप्रतिशत अर्गेनिक भन्दै प्रमाण पत्र प्रदान गरे

गान्तोक 26 मई - पहाड़ र डुवर्स-तराईको चिया बंगान बन्दको शिकार हुँदै गइरहेको अवस्थामा सिक्किमका तिमीबाट उत्पादित चियालाई आइएमओ-ले शतप्रतिशत अर्गेनिक भन्दै प्रमाण पत्र प्रदान गरेको छ। यस खबर प्रकाशमा आउन साथ सिक्किम राज्यको मान अझ बड़ेर गएको छ। तिमी चियालाई पूर्ण जैविकको मान्यता दिने आइएमओ इन्डिया आइएमओ अधिनस्त एक निजी निकाय हो। 1995 देखि कृषिआधारित उत्पादहरूको गुणावत्ता जाँचेर लेखाजोखा गरी प्रमाणपत्र प्रदान गर्दै आइरहेछ एक स्वतन्त्र निकायका रूपमा विख्यात छ। राष्ट्रकै मान्यताप्राप्त संस्थाबाट सिक्किमको चियालाई शत प्रतिशत जैविक भन्दै प्रमाणपत्र जारी गरेपछि एसडीएफ सरकारमा खुशीको लहर छाएको सिक्किम सरकारले गत डेढ दशकदेखि सिक्किममा रसायनिक मललाई पूर्ण निषेध गरेर जैविक मल र खेतीलाई राज्यमा लागु गराउन जोरतोड़ले कार्य गर्दै आएका छन्। गत वर्षमात्र प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किम आएर जैविक राज्यको सम्मान दिँदै मुख्यमन्त्री पवन चामलिङ र राज्यका कृषकहरूको परिश्रमलाई सराहना गरेका थिए। अहिले फेरि तिमी चियालाई पूर्ण अर्गैनिकको ऐतिहासिक मान्यता प्राप्त भएकोमा राज्यको परिश्रमको मुल्यकण भएको साथै सिक्किमवासीको पनि महान बढ़को छ भन्दै राज्यव्यापी खुसी मनाइँदैछ। - बबु




Leave comment