CDOLIVE.IN

  Wednesday , August 15 , 2018 9:01PM


साहित्यिक संस्था साहित्य सुनौ-ले शान्तिपूर्ण मिरिकमा ऱ्याली सम्पन्न

post_image
मिरिकको सक्रिय साहित्यिक संस्था साहित्य सुनौ-ले विशेष सहभागिता

मिरिक 4 जून- पहाडमा बंगला भाषा अनिवार्यको बिषयमा अझ बढ़्दै गई रहेको छ। मोर्चा अध्यक्ष बिमल गुरूङले घोषणा गरे अनुसार आइतबारदेखि 8 जुनसम्मको नियमित बिरोध ऱ्याली मिरिमा आइतबार शान्तिपूर्ण ऱ्याली, नारा र जुलुस सम्पन्न भयो। मिरिकको बाईपासदेखि कृष्णनगरसम्म निकालिएको जुलुसमा बिभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू, मोर्चा समर्थक र नेतृत्वहरूको बिराट सहभागिता रहेको थियो। मिरिकको सक्रिय साहित्यिक संस्था साहित्य सुनौ-ले विशेष सहभागिता रहेको थियो। पथ सभामा सम्बोधन गर्दै मोर्चा केन्द्रीय सह सचिव बिनय तामाङले आइतबार बेलुकी छ बजेदेखि आठ बजेसम्म प्रत्येक घर र होटलहरूमा बत्ती निभाएर अन्ध्यारो बनाउँदै भाषिक अतिक्रमणको बिरोध जनाइदिने आह्वान गरेका छ। भाषा बचाउँने भईरहेको ऱ्यालीलाई यदि पुलिसले छोएर मात्र हेर्छ भने पनि पहाडमा आगो सल्काउने चेतावानी तिनले दिए। उनले गोर्खाहरूले बंगालको नेपाली भाषा मान्यताको आन्दोलनमा, 86 को आन्दोलनमा, सिप्सुमा पनि गोली खाएको बताउँदै भाषिक अतिक्रमण बिरूद्धको आन्दोलनमा पनि खान तयार रहेको बताए। सोमबार मिरिकमा मुख्यमन्त्रीको आगमनमा पुलिसले ऱ्यालीलाई बलजफ्ती दमन गर्न सक्ने आशंका व्यक्त गर्दै यस्तो परिस्थितिमा पनि भाषा र जाति प्रेमीहरू कुनै हालतमा पनि पछि नहटने तिनले मन्तव्य राखे। सम्पुर्ण पहाड, तराई र डुवर्सको गोर्खाहरूको एउटै समाधान गोर्खाल्याण्ड रहेको दाबी गर्दै उनले सोमबारदेखिको धारावाहिक जुलुसमा सम्पूर्ण अन्य राजनैतिक दलहरूलाई पनि आ-आफ्नो झण्डा र ब्यानरको साथमा सहभागी भईदिने अपील गरे। पथ सभालाई कवि बिचन्द्र, ग्याल्बो लामा आदिले पनि सम्बोधन गरे भने पदसभाको सञ्चालन कवि, शिक्षक बिद्रोही साँइलाले गरेका थिए। द टेलीग्राफ




Leave comment