CDOLIVE.IN

  Friday , September 22 , 2017 8:06AM


बङ्ला भाषाको पठन पाठन अनिवार्य निर्णयको विरूद्ध स्मृति चिन्ह शकरदेवले फर्काए

post_image
बङ्गाल सरकारद्वारा शकरदेव ढकाललाई अंगवस्त्र अनि स्मृति चिन्ह दिएको फर्काइदिए

सिक्किम 6 मई- सिक्किमका परिचित साहित्यिक तथा साहित्य अकादमी पुरस्कारले सम्मानित शकरदेव ढकालले पश्चिम बङ्गाल सरकारद्वारा सम्मान स्वरूप प्रदान गरिएको अंगवस्त्र अनि स्मृति चिन्ह फर्काइदिएका छन्। सिक्किम सरकारको खेलकूद एवं युवा विभागका सचिव पदमा कार्यरत ढकाल साहित्य अकादमी पुरस्कारले सम्मानित बनेकोमा बङ्गाल सरकारले सम्मान जनाएको थियो। देशका राष्ट्रपति प्रणव मुखर्जी दार्जीलिङ आएको समय उनको बाहुलीद्वारा साहित्यकार ढकाललाई सम्मानित गरिएको थियो। साहित्यकार ढकालले त्रिभाषिक ममता सरकारको नीतिबाट क्षुब्ध बनेर उक्त सम्मान फर्कादिएका छन्। सोमबार उनले त्यो सामाग्री स्पीड पोस्ट गरेर मुख्यमन्त्री ममता ब्यानर्जीलाई कोलकाता पठाइदिने जानकारी दिएको छ। पश्चिम बङ्गाल सरकारले राज्यको नेपाली भाषी बाहुल्य क्षेत्रमा पनि बङ्ला भाषाको पठन पाठन अनिवार्य गर्ने लिएको निर्णयको विरोधमा उनले सम्मान फर्काएका छन्। बङ्ला भाषाको पठन पाठन अनिवार्य गर्ने सरकारको निर्णयलाई उनले नेपाली भाषा अनि संस्कृति विरूद्ध एउटा सुनियोजित र ठूलो षडयन्त्र बताएका छ। सरकारको यस कदमलाई ‘सांस्कृतिक नरसंहार’ को संज्ञा पनि दिएका छन्। सिक्किम ब्युरोकेट्सको उच्चनिकाय र पदमा कार्यरत ढकालले साहित्यक्षेत्रमा कलम चलाउँदै कालोभारीलगायतका चर्चित कृतिहरूको रचना गरेर ख्याति कमाइसकेका छन्। पश्चिम बङ्गाल सरकारले दिएका अंगवस्त्र अनि स्मृति चिन्ह यसै विरूद्ध फर्काइदिएको उनले बताए। - बबु तामङ्ग




Leave comment