CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


मोर्चा द्वारा 12 घण्टा डुवर्स बन्दको आह्वान

post_image
दोकान-पाट तथा यातायात परिसेवा ठप्प

डुवर्स 18 जून - दार्जीलिङमा पुलिससितको संघर्षमा तीनजना मोर्चा समर्थकहरुले प्राण गुमाएपछि यसको विरोधमा आज 12 घण्टा डुवर्स बन्दको आह्वान गरिएको छ। डुवर्स क्षेत्रको अधिक जसो ठाउँहरुमा दोकान-पाट तथा यातायात परिसेवा ठप्प भएको जानकारी प्राप्त भएको छ। बन्द अवधि कुनै प्रकारको हिंसात्मक घटना हुन सक्ने आशंकालाई ध्यानमा राख्दै पुलिस प्रशासनले डुवर्स क्षेत्रमा कठोर सुरक्षा व्यवस्था गरेको छ। विशेष डुवर्सको नेपाली बाहुल क्षेत्रहरुमा बन्दको प्रभाव पूर्णरुपमा देखा परेको छ। बन्दलाई पूर्ण रुपले सफलपार्नको निम्ति डुवर्सका विभिन्न ठाउँहरुमा गोजमुमो समर्थकहरु सड़कमा ओर्लिएर पीकेटिङ गरिरहेको देख्न आएको छ। डुवर्सको कति ठाउँहरुमा आइतबार हार्ट लाग्ने बजारलाई पनि आजको बन्दले व्यापक प्रभाव पारेको छ। हालसम्म डुवर्सको कुनै ठाउँमा घटना भएको केहि जानकारी प्राप्त भएको छैन।




Leave comment