CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:27PM


सिक्किम हिल तृणमूल पार्टीका नेताहरूले राजीनामा दिए

post_image
सिक्किम राज्य स्तरीय तृणमूल काग्रेंसका शीर्ष नेताहरुले राजीनामा दिए

सिक्किम 19 जून- दार्जीलिङ क्षेत्रबाट शुरू भएको छुट्टै राज्य गोर्खाल्याण्डको मागमा तीनजना गोर्खाल्याण्ड समर्थकहरुले पुलिसले गोली चलाएर प्राण गुमाएपछि दार्जीलिङका छिमेकी राज्य सिक्किमा पनि तृणमूल पार्टीका नेताहरूले राजीनामा दिए। कालेबुङ जिल्लाका तृणमूल अध्यक्ष गौलन लेप्चालगायत छिरिङ शेर्पा, के.एन सुब्बा जस्ता हिल तृणमूलका नेताहरुले राजीनामा दिएपछि सोमबार सिक्किम राज्य स्तरीय तृणमूल काग्रेंसका शीर्ष नेताहरुले पनि आ-आफ्नो पदबाट राजीनामा दिएका छन। सत्तारूढ़ पार्टी तृणमूल सरकारले अलग राज्य गोर्खाल्याण्डको मागलाई दबाउने प्रयासमा गरिएको संघर्षमा तीनजना मोर्चा समर्थकहरुले प्राण गुमाएपछि सिक्किम राज्य तृणमूल काग्रेंसका अध्यक्ष पी.टी लकशम र महासचिव छिऱिङ वाङचुक लेप्चाले राजीनामा दिएको छ। सिक्किम तृणमूल अध्यक्ष पी,टी लकशमले दार्जीलिङको घटनालाई लिएर आफुले पार्टी केन्द्रीय समितीका नेता सुदिप बन्दोपाद्याय अनि राज्य सभा सांसद डेरेक ओ ब्राइनसंग पनि पत्रचार गरे वापत पनि केहि उत्तर नआए पछि मैले राजीनामा दिएको बताएका छन्। दार्जीलिङमा अनिश्चितकालीन बन्द भएपछि सिक्कम राज्यबाट दार्जीलिङ क्षेत्रका पढ़ने स्कूलका छात्र-छात्रीहरूलाई साथै महाविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई घर फर्कनको निम्ति पुलिसको सुरक्षा व्यवस्था गरियोस् भनेर दार्जीलिङका पुलिस अधिकारीलाई पत्रचार गरिसकेको लेप्चाले बताएका छन्। बबु




Leave comment