CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:04PM


कालेबुङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको एक्ट साथै पुतला जलाए

post_image
कालेबुङ जिल्लामा पनि जीटीए सम्झौताको एक्ट जलाउँदै

कालेबुङ 27 जून- गोर्खा जनमुक्ति मोर्चाको दार्जीलिङ पहाड तथा समतल अनि कालेबुङ जिल्लामा पनि जीटीए सम्झौताको एक्ट जलाउने कार्यक्रम सम्पन्न भयो। 18 जुलाई 2011 मा गोर्खा जनमुक्ति मोर्चा, केन्द्र सरकार अनि राज्य सरकारमाझ सम्पन्न त्रिपक्षीय सम्झौता अनुरूप गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको सम्झौता गरेको थियो। राज्य सरकारले भाषाको नीतिको निर्णयको विरोध गर्दै गोर्खाल्याण्डको आन्दोलन शुरू गर्न थालेपछि गोर्खा जनमुक्ति मोर्चाले उक्त सम्झौता जलाउने 20 जूनको दिन दार्जीलिङमा सम्पन्न सर्वदलीय सभामा निर्णय लिएको हो। यस निर्णयलाई मंगलवार जीटीएको सम्झौता जलाइएको हो भनि बताए। गोर्खा जनमुक्ति मोर्चा, जन आन्दोलन पार्टी तथा अन्य राजनीतिक एवं सामाजिक संघ-संगठनहरूले कालेबुङको बजारमा जुलूसको आयोजना गरे यस जुलूस मेन रोड हुँदै मेला ग्राउण्डमा पुगेर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पुतला दहन गरे। गोर्खाल्याण्डदेखि अन्य कुरामा सम्झौता नगर्ने प्रतिबनद्धता सहित गोर्खाल्याण्ड समर्थकहरूले उक्त सम्झौता पत्र जलाएका हो भनि जानकारी दिए।




Leave comment