CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:27PM


सिलगढ़ीमा सिक्किमका वाहनहरुको तोड़फोड़

post_image
सिक्किमका वाहनहरूलाई तोड़फोड़ गरिएको

सिक्किम 29 जून- सिक्किमका मुख्यमन्त्री पवन चामलिङले दार्जीलिङमा भईरहेको गोर्खाल्याण्ड आन्दोलनलाई पूर्ण रूपमा समर्थन जनाएपछि सिलगढ़ीमा यसको विरोधी गर्दै सिक्किमका वाहनहरूलाई तोड़फोड़ गर्ने कार्यहरू हुन थालेको छ। सिलगढ़ीको हिलकार्ड रोड र चम्पासरी क्षेत्रमा सिक्किम नम्बर प्लेट भएका गाडीहरूलाई गोर्खाल्याण्ड विरोधी केही समूहले तोड़फोड़ गरेको जानकारी प्राप्त भएको थियो। सिलगढ़ी शहरनजिक एनजेपी क्षेत्रमा बुधबार साँझ केही अज्ञात व्यक्तिहरूले सिक्किम नम्बर प्लेट भएको वहानलाई तोडफोड गरे साथै सर-समानहरूपनि नष्ट गरिदिएको छ जानकारी आएको छ। केहि दिन अघि सिलगढ़ीको प्रधाननगर स्थित एसएनटी कार्यालय परिसरमा पनि विरोध गर्दै सिक्किमका एसएनटी गाडीलाई सिक्किम जान जान नदिएको समचार प्राप्त भएको छ।




Leave comment