CDOLIVE.IN

  Friday , September 22 , 2017 8:08AM


भजन आइडल सुनकोश टिस्टा महाकालीको सिजन-3 शुरु

post_image
सुनकोश टिस्टा महाकाली भजन आइडलको सिजन-३ को अडिसनको निम्ति प्रस्तुति गर्दै

डुवर्स 4 जुलाई-भारतको उत्तर बङ्गाल अनि सिक्किम, भूटान र नेपालका प्रतिर्स्पर्धीहरूलाई लिएर मानव उत्थान सेवा समितिले प्रायोजना गर्दै आएको सुनकोश टिस्टा महाकाली भजन आइडलको सिजन-3 को अडिसन गत आइतबारदेखि शुरु भयो। पश्चिम डुवर्सको बाग्राकोटबाट शुरु भएको अडिसन आउँदा दिनमा क्रमैले सिक्किम, डुवर्सको रहल क्षेत्र र नेपालको विभिन्न इलाकामा सम्पन्न गरिने छ। क्वार्टर फाइनल राउण्ड खरसाङमा सम्पन्न हुने छ। सेमिफाइनल भने नेपालको धरानमा हुने बताइएको छ। यसको फाइनल राउण्ड नव वर्षको उपलक्ष्यमा आयोजन हुने सिलगढीको सद्भावना सम्मेलनमा सम्पन्न हुने छ। जहाँ सुनकोश टिस्टा महाकाली भजन आइडलका टप-10 प्रतियोगीहरू माझ प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितासँग-सँगै बाल प्रतिभाको खोजको सिजन-2 पनि शुरु भएको छ। यस प्रतियोगिता 9-13 वर्षका3 नानीहरूलाई सहभागिता जनाउने अवसर दिइन्छ।नेपाली भजन गायनमा दुर्गा सुनार (बाग्राकोट), मनिषा सेवा(बीरपाडा), आशिक विश्वकर्म (बीरपाडा), पूजा शर्मा (बीरपाडा),सालिनी खड्का (बाग्राकोट), अनुप गुरुङ(मालबजार) क्वार्टर फाइनल राउण्डमा पुगेका छन्। नेपाली हिन्दी र साद्री भाषीलाई अवसर दिइने यस इडलमा हिन्दी-साद्री भजन गायनमा जशपाल बडाईक (बीरपाडा), सम्य बडाईक(बीरपाडा),आकाशदीप उराँउ(बीरपाडा), मनोज बडाईक (मालबजार), पार्वती बडाईक (बीरपाडा) , उत्तम बडाईक (मालबजार )र राजीव लोहार पनि क्वार्टर फाइनल राउण्डमा पुगेका छन्। बाल प्रतिभाको खोजीको सिजन-2 को क्वार्टर फाइनल राउण्डमा बीरपाडाकी शसा दर्जी ,मालबजारका रोहन छेत्री,बीरपाडाकै प्रार्थना शर्मा, योगेश्वरी खडिया अनि मालबजारका राहुल बडाईकले प्रवेश गरेका छन्।यी प्रतिस्पर्धीहरू प्रकाश प्रधान,प्रो0 मेघनाथ छेत्री,सरोज गुरुङ र मलय बडाइकका निर्णयमा क्वार्टर फाइनलमा पुगेका छन्। मानव उत्थान सेवा समितिले प्रतिभाहरूको खोज र प्रोत्साहनको उद्देश्य लिएर सुनकोश टिस्टा महाकाली भजन आइडल र बाल प्रतिभाहरूको खोज योजन गर्दै आएको प्रो0 मेघनाथ छेत्री बताउँछन्। यी प्रतियोगिताका संयोजक प्रकाश प्रधान प्रतियोगिताको आयोजनद्वारा प्रतिभाहरूलाई आध्यात्मिक ज्ञान र अनुभव समेत प्राप्त हुने गरेको र यसै प्रतिस्पर्धाबाट अघि आएका प्रतिभाहरूले कार्यक्रमहरूमा समेत सफलता प्राप्त गरेको बताउँछन्। गत आइतबारको दिन सम्पन्न उक्त पहिलो अडिसनलाई एफएम सीमानाका निर्देशक सचिन सुब्बाले सञ्चालन गरेका थिए। उक्त अडिसन कार्यक्रममा अम्बे बाईजी, सूरभी बाईजी, दक्षिणा बाईजी, चन्द्राकान्ती बाईजी,उत्तर-पूर्वाञ्चल माउसेस उपाध्यक्ष गौतम नाग, अनलाइन टिभि चौतारी डट कमका खगेन्द्र छेत्री, देवराज भूजेल, मोहन गजमेर आदि उपस्थित थिए।




Leave comment