CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:38AM


कालेबुङमा जनताले गरे आन्दोलनकारीहरुलाई साग-सब्जी वितरण

post_image
साग-सब्जी आन्दोलनकारीहरुलाई वितरण गर्दै

कालेबुङ 8 जुलाई- गोर्खाल्याण्डको आन्दोलनका क्रममा गरिएको अनिश्चितकालीन बन्दका कारण जनताले नै भोग्नु परेको भन्दै कालेबुङका जनताले आफ्नो बारीमा भएको साग-सब्जी आन्दोलनकारीहरुलाई वितरण गर्न थालेका छन्। उनीहरुले सरकारले जनतालाई दुःख दिएको र समस्यामा जनता नै परेको भन्दै आन्दोलनलाई सहयोग पुर्याउन सब्जीहरू वितरण गर्दै आन्दोलनलाई सहयोग गरेका छन्। पश्चिम बंगाल सरकारले नै बन्दलाई लम्ब्याएर लैजाने र खाद्य संकट निम्त्याएर आन्दोलनलाई हराउने नीति लिएको भन्दै जनताहरु एक आपसमा सहयोगमा उत्रिएका हुन्। गोर्खाल्यान्डको माग गर्दै आइरहेको गोर्खाल्याण्ड आन्दोलन संयोजन समितिले कुनै ठोस कार्यक्रम नबनाए पनि जनताहरु स्वतःस्फूर्त रुपमा आन्दोलनमा सहभागी हुने र एक अर्कालाई सहयोग पुर्याउने काम गर्दै आएका छन्। शनिबार कालेबुङ नजिकैको गाउँ शुरूक सम्थरबाट दुईवटा पिकअप भ्यानमा साग-सब्जी ल्याएर वितरण गरिएको छ।

Related Photos




Leave comment