CDOLIVE.IN

  Saturday , May 26 , 2018 7:25AM


आन्दोलनकारी नेताहरु आमरण भोकहड्ताल बस्ने, अनिश्चितकालीन बन्द जारी

post_image
जिएमसिसीका नेताहरू बैठकमा उपस्थित गर्दै

मिरिक 11 जुलाई- जिएमसिसीको मंगलबार बसेको बैठकले गोर्खाल्याण्डको आन्दोलनलाई निरन्तरता दिने निर्णय लिएको छ। नयाँ निर्णयमा दार्जिलिङमा आन्दोलनका नेताहरु भोकहड्ताल बस्ने अनि केन्द्रीय राजधानी नयाँ दिल्लीमा धर्ना दिनेसम्म उल्लेख गरिएको छ।

आन्दोलन समितिको बैठक स्रोतलाई उधृत गर्दै सिक्किमको 'हिमाली बेला' दैनिकका सम्पादक रुपेश शर्माले भने, '15 जुलाईदेखि नेताहरु 11 बजेदेखि चौरास्तामा आमरण भोकहड्ताल बस्नेछन्।' उनका अनुसार पहाडमा खाद्यान्नप्रति लगाइएको नाकाबन्दी खोल्नका लागि सिलगढीका पार्टी, नागरिक समाज, खाद्य विभाग र मानवअधिकारवादी संघ संस्थालाई पत्र लेख्ने निर्णय समेत भएको छ।

बैठकले 13 जुलाई अर्थात् दिन वितरण गरिँदै आएको भानु पुरस्कार फर्काउनका लागि साहित्यकारहरुलाई आग्रह समेत गर्ने भएको छ।

अनिश्चितकाली बन्द जारी राख्ने र खाद्यान्नमा नाकाबन्दी रहिरह्यो भने पहाडभरिबाट झोला बोकेर राशन माग्न 'सिलगढी जाऊँ' अभियान थाल्ने पनि निर्णय भएको छ।

मंगलबार जिएमसिसीले गरेका निर्णय यसप्रकार छन्ः

१. अनिश्चितकालीन बन्द जारी रहनेछ;

२. १५ जुलाईदेखि गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी (जीएमसीसी)-का नेताहरू 11 बजेदेखि चौरास्तामा आमरण भोक हड़तालमा बस्नेछन्;

३. आगामी 13 जुलाईका दिन भानु पुरस्कार फर्काउनका लागि पुरस्कार प्रापक सबै साहित्यकारहरूलाई आग्रह गर्ने; 

४. पहाड़मा खाद्यान्नप्रति लगाइएको नाकाबन्दी खोल्नका लागि सिलगढ़ीका सबै राजनैतिक पार्टी, नागरिक समाज, खाद्य विभाग र मानवाधिकारवादी संघ-संस्थाहरूलाई पत्र लेखेर आग्रह गर्ने;

५. सांसद आहलुवालियालाई केन्द्रिय भिजिलेन्स पठाउन, संसदमा कुरा उठाउन अनि यो अमानवीय कार्यको राष्ट्रव्यापी विरोधका लागि पहल गर्न दबाउसहितको आग्रह गर्ने;

६. यति गर्दा पनि खाद्यान्नमाथिको नाकाबन्दी जारी रह्यो भने पहाड़भरिबाट झोला बोकेर राशिन माग्न ‘सिलगढ़ी जाऊँ’ अभियान थाल्ने; 

७. 14 जुलाईभित्र सबै बोर्डका अध्यक्ष, उपाध्यक्ष र पदाधिकारीहरूलाई राजीनामा दिनका लागि आग्रह गर्ने;

८. आमरण अनशनपछि नयाँ दिल्लीको जन्तर-मन्तरमा धरना, सांसद आहलुवालिया र अन्य सांसदहरूसँग लगातार भेट गरेर संसदमा कुरा उठाउन आग्रह गर्ने; 

९. अर्को बैठक 18 जुलाईको दिन तय गरिएको छ।




Leave comment