CDOLIVE.IN

  Saturday , May 26 , 2018 7:26AM


203 औं भानु जयन्ती जातिय एकता दिवस

post_image
साहित्य सुनौं परिवार, जेएसटीओ र जीपीटीओका सदस्यहरुले संयुक्तरूपमा भानु जयन्ती पालन

मिरिक 13 जुलाई-203 औं भानु जयन्तीलाई मिरिकमा आ-आफ्नो जातिय भेषभुषामा आएका साहित्य सुनौं परिवार, जेएसटीओ र जीपीटीओका सदस्यहरुले संयुक्तरूपमा भानु जयन्ती साथै गोर्खा एकता दिवस पालन गरियो। साहित्यकार रोशन राई आदित्यले पश्चिम बंगाल सरकार, सूचना एवं संस्कृति विभाग खरसाङद्वारा 2015 मा प्रदान गरिएको भानुभक्त साहित्य सम्मान पुरस्कार फर्काउने घोषणा गरे। यसबाहेक तिनले भूइँ कवि विजय वान्तवा कैलासीको क्रान्तिकारी कविता पनि पठन गरे। मिरिकको वाइपास मोडदेखि शूरू भएको विराट जुलुस मूल सडक हुँदै थाना परिसर भएर कृष्णनगरको माथिल्लो मोटर स्ट्याण्डमा पुगि सभामा परिणत भयो। उपस्थित मानिसहरूले २०३ औं भानु जयन्तीको अवसरमा आयोजित गोर्खा एकता दिवसमा अंश ग्रहण गरेका थिए। आदि कवि आचार्य भानुभक्तको प्रतिकृतिमा दीप प्रज्ज्वलन साथै खदार्पण गर्दै गोर्खाल्याण्डको आन्दोलनमा प्राण गुमाउनेहरूको स्मरणमा दुइ मिनटको मौन धारण पनि गरियो । अजम प्रधानद्वारा संचालित समारोहमा शिक्षक-शिक्षिकाहरूले भानुभक्तको रामायण पाठ प्रस्तुत गरे। कार्यक्रममा कवि अरूणचन्द्र कुलुङले भानु जयन्ती अनि गोर्खा एकता दिवसमाथि वक्तव्य पेश गरे। यस अवसरमा गोर्खा जातीको एकतामाथि जोड दिदै गोर्खाको एकता तोडिन नदिने प्रण पनि गरे। लेखक साहित्यकारहरू पनि गोर्खाल्याण्ड राज्य गठनको आन्दोलनमा कलमले युद्ध लड़ने अनि लेखक कविहरूको अश्त्र शस्त्र नै कलम र शब्द हो भनि बताए। समारोहमा सवीर दिलपाली, गोकुल रसाइली, कमला राई, कमला तामाङ्ग, विष्णु कुमार वराइली, समिक्षा राई, रमेस गजमेर, पूर्ण वान्तवा, राजु सुब्बा, विद्ही साइँला, केसाङ्ग लामा, रूपेण आर्मी, प्रवेश वान्तवा, रञ्जीत गुरूङ्ग, कवि विचन्द्र अनि लाडुप घिसिङ् आदिले क्रान्तिचेतनाका जातीय कविताहरू पठन गरियो।




Leave comment