CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


नरबहादुर भण्डारीको पार्थिव शरीरको अन्तिम विधाई

post_image
भण्डारीको पार्थिव शरीरलाई सैनिकद्वारा सम्मानको दाह संस्कार गर्दै

गोन्तोक19 जुलाई-सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको पार्थिव शरीर बुधबार सैनिक सम्मान तथा श्रद्धाञ्जलीसहित दाह संस्कार गरियो। पूर्व मुख्यमन्त्रीलाई श्रद्धाञ्जली चढ़ाउने र अन्तिम दर्शनको निम्ति राज्यका मुख्यमन्त्री पवन चामलिङ लगायत मन्त्रीमण्डलका सदस्यहरू एवं विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू अनि राज्यभरिका धेरै संख्यामा मानिसहरू दाह संस्कार स्थल रानीपुलको जालीपुल पुगेका थिए। बुधबार भण्डारीको पार्थिव शरीर बुधबार बिहान 8 बजेदेखि 11 बजीसम्म गान्तोकको मनन् भवनमा अन्तिम दर्शनको लागि राखिएको थियो। पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न बिहानैदेखि राज्यका विभिन्न ठाउँहरूबाट मानिसहरूको मनन् भवनमा भिड़ लागेको थियो। गान्तोकको मनन भवनबाट भण्डारीको पार्थिव शरीर दाह-संस्कार गर्न लैजाँदा स्थानीय मानिसहरूलाई अन्तिम दर्शनको लागि सुविधा पुगोस भन्दै यहाँको देवराली बजार, कन्भय ग्राउण्ड तादोङ, मनिपाल गेट अनि मेफियर फाटकमा केही क्षण राखिँदा भण्डारी अन्तिम दर्शन गर्न मानिसहरूले खदा माला चढ़ाएर उनको आत्मशान्तीको कामना गरे। पूर्व मुख्यमन्त्रीको दाह-संस्कार गरिने भएको कारण बुधबार सिक्किम राज्यभरि शोक पालन गर्दै सबै सरकारी कार्यालयहरू बन्द गरिनको साथै सरकारी विदाको घोषणा गरिएको थियो। त्यस बाहेक राज्य सरकारको तर्फबाट एक सप्ताहको निम्ति सिक्किम राज्यभरिमा शोक पालन गरिने भएको छ। स्मरण रहोस, दिल्लीमा चिकित्साधिन अवस्थामा गत आइतबार निधन भएपछि पूर्व मुख्यमन्त्री भण्डारीको पार्थिव शरीर बुधबार सैनिक सम्मानको साथमा रानीपूलमा दाह संस्कार गरिएको छ।

Related Photos




Leave comment