CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


8 अगस्त 6 बजीभित्र केन्द्रले वार्ता बोलाएन भने 9 अगस्तदेखि कठोर आन्दोलन हुने, मोर्चाले दियो केन्द्रलाई वारनिङ्ग

post_image
मोर्चा सहसचिव विनय तामाङले बताउदै

दार्जीलिङ 29 जुलाई-गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीले कार्यक्रमहरू घोषणा गर्न धेरै समय लिदै गरेको बेला मोर्चा आफ्नो कार्यक्रमहरू फटाफट घोषणा गर्न थालियो। विमल गुरूङले सङ्गठनका प्रमुख, तीन विधायक, अनि नगरपालिकाका नगरपार्षद, पूर्व सभासद्हरूलाई आज पातलेबास बोलाएको छ। लगभग 11 बजीदेखि 4 बजीसम्म चलेको बैठकमा आन्दोलनलाई कठोर गर्ने निर्णय लिइएको छ। साथै आफ्नो सांसदको बचाउमा बोल्ने मोर्चा र भाजपा, केन्द्र सरकारको विषयमा अघि आउने अचानक आजदेखि केन्द्र र भाजपा माथि खुलेर टिप्पणी गरेको छ। आन्दोलनकारी 11 जना शहिद, साथै 25 जना गम्भीर घाइते हुन्दै ‘बन्दको 45 दिन पनि पुग्दै इन्टरनेट, खाद्यसामाग्रीमा नाकाबन्दी, मिडियामा प्रतिबन्ध, अनि बङ्गालको पुलिसले गोली ठोकि रहेकै छ र पनि केन्द्र बोलेकै छैन्।

मोर्चा सहसचिव विनय तामाङले भने, हाम्रो मुद्दामा गम्भीर रहेको छ भन्दै चलिरहेको संसदसत्रमा हाम्रो मुद्दाको उठेछ भनेर सोचेका थियौं, तर यतिको दिनसम्ममा पनि मुद्दा उठेन र मोर्चालाई यो कुरा ठिक लागेन बताए।’ यसैकारण केन्द्रलाई खुलेर चुनौति दिँदै अन्तिम अल्टिमेटम दिन्छौँ,’ उनले भने, ‘केन्द्रले 8 अगस्तको 6 बजीसम्म पनि गोर्खाल्याण्डबारे बोलेन, संसदमा कुरा उठाएन वा हामीलाई वार्तामा बोलाएन भने 9 अगस्तदेखि केन्द्रलाई दबाब दिन गोर्खाल्याण्डको आन्दोलनलाई कठोरभन्दा कठोर गर्नेछौँ।’

जीएमसीसीले पनि आफ्नो कर्यक्रम बनाउने अनि मोर्चा आफैले पनि आफ्नो कार्यक्रमहरू आफ्ना समर्थकहरूलाई दिने भन्दै तामाङले आन्दोलनकारी एवं गोर्खाल्याण्ड समर्थकहरूलाई 9 अगस्तदेखि हुने कठोर आन्दोलनलाई सफल बनाइदिने अपिल पनि गरे। भोलिदेखि हुने मोर्चाको ऱ्यालीमा नारी मोर्चालाई विशेष कार्यभार सुम्पिइएको छ। भोलिदेखि दार्जीलिङ र खरसाङको मोटर स्ट्याण्ड, कालेबुङको डम्बरचौक अनि मिरिकको कृष्ण नगरमा मोर्चा कार्यकर्ताहरूले मुष्टिदान उठाउने छन्। प्रत्येक दिन आआफ्ना महकुमा अधिकारी, खण्ड अधिकारी एवं जिल्लापाललाई चामल दिईने छ। ‘बङ्गाल सरकारले गोर्खाहरूको धेरै खुन पिएको अब सरकारको यो भोक मेटाउन् हामी बन्द अवधि पनि चामल उठाएर सरकारलाई दिने छौं तामाङले भने, ‘यो कार्यक्रम खाद्य सामाग्रीमा नाकाबन्दी गर्ने सरकारलाई आन्दोलनकारी भोकले मरेको छैन भन्ने सन्देश पनि दिने छौं।




Leave comment