CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:21PM


मोर्चाका प्रमुख विमल गुरूङले बन्द खोल्ने नखोल्ने निणर्य मोर्चाको हो

post_image
पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै बिमल गुरूङ

दार्जीलिङ 31 जुलाई-धेरै महिना पछि अचानक पत्रकारसम्मेलन गर्न निस्किएका मोर्चाका प्रमुख नेता विमल गुरूङले जीएमसीसीको दिल्लीमा हुने बैठकमा बन्द खोल्ने निर्णय गर्ने पक्षमा नरहेको बताए । पत्रकारहरूले सोधेको एउटा प्रश्नको उत्तरमा गुरूङले भने चलिरहेको अनिश्चितकालीन बन्द, मोर्चाले गरेको होइन न त जीएमसीसीले गरेको हो, यो बन्द जनता आफैले गरेको हो भनि स्पष्ट बताए। आन्दोलनमा सबैभन्दा बेसि खति मोर्चालाई नै भएको छ, साथै समस्याहरू पनि मोर्चालाई नै भइरहेको छ, बिमलले भने, ‘यसकारण बन्द खोल्ने नखोल्नेबारे निर्णय गर्ने जिम्मेवारी पनि मोर्चाको नै हो भनि बताए। जीएमसीसीले आन्दोलन गरिरहेको बेला मोर्चाले कार्यक्रम गरेको, दिल्लीमा डेरा लगाउनु नै अर्थ के हो भनेर प्रश्न सोध्दा सबैले कार्यक्रम गर्न पाउने सहमति जीएमसीसी कै बैठकले लिएको बताए। सबै पार्टीका माननीय सदस्याहरूलाई भनिएकै हो कि गोर्खाल्याण्डको निम्ति सहमति बनाउन विभिन्न राष्ट्रीय दलहरूसित भेट्ने, कुराकानी गर्ने काम गरौं, मोर्चाले दिल्लीमा त्यही काम गरिरहेको छ,’ गुरूङले जनाए, ‘खोई अरू कुनै पार्टीले पनि यो कामै गरेन। मोर्चाले मात्र गरिरहेको छ। आन्दोलनको निम्ति पनि मोर्चाले मात्र कार्यक्रम गरिरहेको छ।’ एनसीपीका नेतासित मोर्चाले भेटेको अनि आज सांसदले सदनमा गोर्खाल्याण्डको कुरा पनि उठाएको बताए जेडियु, शिवशेनासित पनि भेटेको बताउँदै, दिल्लीका टोलीले सिक्किमका नेता पीड राईलाई पनि भेट गरेको जानकारी गराए।




Leave comment