CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


पाँचतारे होटलमा बैठक गरेर इमान्दार नेतामाथि औंला उठाउदै, दिशाहिन बनाउन खोज्दै–विमल गुरूङ

post_image
मोर्चा प्रमूख विमल गुरूङले प्रेस विज्ञप्ति जारी गर्दै

दार्जीलिङ 3 अगस्त-गोर्खा जनमुक्ति मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै भने छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति डाकेको पहाड बन्द पनि आज 50 दिन भयो। आन्दोलनको इतिहासमा यो नयाँ रेकट हो। प्रशासनको थिचो मिचोलाई सहदै पनि जुलुस, भोक हड्ताल साथै बन्दलाई सफल बनाएर यसपल्टको निर्णायक आन्दोलनलाई अघि बढाइरहेका जनतालाई गोर्खे सलाम छ। विमल गुरूङले हस्ताक्षर गरिएको विज्ञप्तिमा आन्दोलन निर्णायक र यसलाई सफल बनाउने प्रतिबद्धता पनि जाहेर गरिएको छ।  

भारत भरि छरिएर बसेका मेरा गोर्खा दाजु भाई बहिनीहरूलाई अनि विदेशमा रहेका गोर्खाहरूले आन्दोलनमा निष्ठापूर्वक दिइरहेको सहभागिताप्रति पनि गुरूङले आभार व्यक्त गरेका छन्। कतिपय राजननैतिक, गैरसरकारी सङ्गठनहरूले आन्दोलनको नाममा देशविदेशबाट पैसा बटुलेर आफ्नो स्वार्थ पूर्ति गरिरहेको, यसको निम्ति पाँचतारे होटलहरूमा बैठक गरेर इमान्दार नेताहरूमाथि औंला उठाउदै उनीहरूले आन्दोलनलाई दिशाहिन बनाउन खोजिरहेको र आन्दोलन विरोधी कार्य गरिरहेको आरोप लगाएका छन्।  

हामी यसको घोर विरोध गर्छौँ, यसप्रकारका संस्था र मानिसहारूबाट होसियार रहने आह्वान गर्दै गुरूङले भनेका छन्, अब देखि उता कुनै राजनैतिक, गैरराजनीतिक सङ्गठनहरूले आन्दोलनको नाममा चन्दा मागे या उठाए भने यसको खोजखबर लिने, उठाएको पैसा कहाँ र कुन विषयमा प्रयोग हुँदैछ यसको पनि जानकारी लिने बताए। भाषणविद्हरूले सामुहिक नेतृत्वको पाठ रटेर नेता बन्ने प्रयास गर्नु बन्द गर्नुपर्छ अनि सामुहिक आन्दोलनको पाठ पढेर सामुहिक आन्दोलन गर्नुपर्छ। जनतालाई पनि सामुहिक आन्दोलन गर्ने आग्रह गर्नुपर्छ, गुरूङले भनेका छन्, जनता पनि नेता खोई? भन्ने भ्रममा पर्नु हुँदैन। आफै नेता र सिपाही बनेर आन्दोलनलाई निर्णायक मोडमा अग्रसर गराउनुपर्छ। गुरूङले भने मोर्चा दल सडकमा रहेको भन्दै अरू जम्मै दल र सङ्गठनहरूलाई पनि सडक ओर्लिने आह्वान गरेका छन्।

हामी अहिंसामा विश्वास गछौं तर बङ्गालले षडयन्त्र गरेर निर्णायक आन्दोलनलाई माओवादी अनि विदेशी शक्तिको हाथ छ भन्दै लाञ्छना लगाउँदै हामीलाई कमजोर पार्ने कोशिश गरिरहेको छ। सबैले सचेत बनेर अहिंसात्मक, असहयोग आन्दोलन गरिदिने अपिल गर्दछु।




Leave comment