CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


हाम्रो केही भन्नु छैन प्रशासनले गरीब नानीहरूको भविष्यसित खेलवाड गर्छ भने - गिरी

post_image
स्कूलको बारेमा रोशन गिरीले बताउँदै

दार्जीलिङ 4 अगस्त – पुलिस प्रसारणद्वारा मालीधुराको विमल गुरूङको स्कूललाई पुलिस अधिक्षक अमरनाथ यादवले बगानको जमिन मिचेर साथै सरकारको अनुमति बेगर स्कूल निर्णाण गरिएको हो भन्दै मुद्दा दर्ता गरेको छ। स्थानीय मानिसहरूले स्कूलको विषयमा गुनासो गरेको आधारमा दार्जीलिङ सदरथानामा दर्ता गरिएको बताएको हो। मोर्चा सूचले बताए अनुसार स्कूल ट्रष्टले नै चलाउँदै आईरहेको छ। सीबीएसई बोर्ड अन्तर्गत स्कूलमा पढ़्ने विद्यार्थीहरू सिलगढ़ी, सिलगढी, तराई, डुवर्स र दार्जीलिङ्गका 500 भन्दा बेसी रहेको छ। 

रोशन गिरीले बताउँदै यस स्कूलमा गरिबी घरका नानीहरूलाई निःशुल्करूपमा पढाइन्छ। उनीहरूको किताब, खाता, खाने, स्कूलड्रस, ट्रष्टले दिए र नै यी नानीहरूले पढ़न पाइरहेको छ। यो स्कूल खोलिएको कारण गरिब घरका नानीहरूले सोचेजस्तो स्कूल पढ़्न नपाएर नै यस स्कूलको निर्माण गरिएको हो। विमल गुरूङको सपना थियो, स्कूल पढ्नबाट बञ्चित साथै आर्थिक कमजोरी भएका नानीहरूले पढ़्ने इच्छा भए पनि पढ़्न नपाउनेहरूले यसै स्कूलमा पढ़्छन् यो दश श्रेणीसम्म खोलीएको हो। प्रशासनले अवैद्धरूपमा स्कूव निर्माण गरेको आरोपमा दर्ता गरिएको छ। 

तकभरको मालीधुरामा रहेको यो स्कूलको जमीन चियाबारीको लिज ल्याण्ड हो। प्रशासनले गरिब नानीहरूको भविष्यसित खेलवाड गर्दैछ नानीहरूको भविष्यसित यसरी सरकारले खेलवाड गर्छ भने हाम्रो भन्नु केही छैन।




Leave comment