CDOLIVE.IN

  Friday , September 22 , 2017 8:11AM


गोजमुमोले प्रेस गाड़ी जलाइएको घटनाको घोर निन्दा गर्दछ, ठाउँ-ठाउँमा पिकेटिङ बस्ने

post_image
सहसचिव विनय तमाङले विज्ञप्ती जारी गर्दै

दार्जीलिङ 9अगस्त-गोजमुमो केन्द्रिय समितिको एक उच्च स्तरीय बैठकले निर्णय गरे पछि गोजमुमोको शीर्षस्थ टोली चाड़ै दिल्ली जाने। गोजमुमोको शीर्ष प्रतिनिधि टोलीले चाड़ै उत्तरपूर्वीक्षेत्रका सांसद र मुख्यमन्त्रीहरूसित भेट गरी गोर्खाल्याण्ड राज्य निर्माणको पक्षमा सहयोग र समर्थनको अपील गरिने।

आन्दोलनलाई जारी राख्दै गोजमुमोले चाड़ै नै दार्जीलिङ पहाड़का विभिन्न क्षेत्रहरूमा महाजुलुसहरूको आयोजना गर्ने जानकारी प्राप्त भएको छ। सहसचिव विनय तमाङले जारी गरिएको विज्ञप्ती अनुसार राष्ट्रपिता महात्मा गान्धीको भारत छोड़ आन्दोलनले 75 वर्षगाँठलाई पहाड़ र तराई डुवर्समा 9 अगस्त देखि 15 अगस्तसम्म  पालन गर्ने छ। यस कार्यक्रममा भारत सरकारले दिएको नाराको संग गोजमुमोले आफ्नो नाराहरू पनि समावेश गर्नेछ। दार्जीलिङ पहाड़, तराई डुवर्सलगायत राजमार्ग 10, राजमार्ग 55 अनि राजमार्ग 30 हरूमा पनि आयोजना गरिनेछ।

बन्दावधि भइरहेको विभिन्न उपद्रवहरूमा गोजमुमो समर्थकहरूको कुनै हात नरहेको र गोजमुमोमाथि दोषारोपणहरू भइरहेकोले यसमाथि नियन्त्रण ल्याउन गोजमुमोले आफ्ना पिकेटर्सहरूलाई निर्दिष्ट स्थानहरूमामात्रै पिकेटिङ गर्ने आदेश दिएको छ। चिह्नित गरिएको मात्र कार्यकर्ताहरूलेमात्र पिकेटिङमा सोहि ठाउँमा मात्र बस्ने पाउने बताए।

कुन कुन ठाउँमा पिकेटिङ बस्ने  

दार्जीलिङ– आभा आर्ट ग्यालेरी, घूम भञ्ज्याङ, लेबोङ, सिङताम फाटक, रगंबूल, पूलबजार, बिजनबारी,कैजले, रेलिङ, सिङ्ला ब्रीज, सुक्खे, सेलिम्बोङ फाटक।

खरसाङ– रोहिणी जीरो, टुरिस्ट लज, दिलाराम, लङ्भिऊ, सिमलबारी, सोनादा, गाड़ीधुरा, दूधे।

मङपू– मङ्पू स्मारक, नालीडाड़ा।

कालेबुङ– छ माइल, कालेबुङ मोटर स्ट्याण्ड, 17 माइल, अलगढ़ा, गोरूबथान ब्लक अफिस, कुमानी मोड़, झोलुङ, बाग्रागोट चुइखिम,रेली।

मिरिक– मिरिक बाइपास, आहाले, सौरेनी बजार। 9 अगस्तदेखि यी चिह्नित गरिएका स्थलहरूमामात्रै गोजमुमो  कार्यकर्ताहरू पिकेटिङमा बस्नेछन्।

यी क्षेत्रहरूमा पिकेटिङ बस्ने गोजमुमोका सम्पूर्ण कार्यकर्ताहरूले अनुशासित अनि इमान्दारितासाथ पिकेटिङ गरिदिने साथै छुट दिइएका वाहन एवं जनतालाई कुनै दुःख कष्ट नदिने निर्देश पनि दिइसकेको छ।

आन्दोलन समय छूट पाउने गाडीहरू जस्तै , विमारी,  मरौं- बिहे,  प्रेस-मीडिया, इमरजेन्सी सर्भिस अनि आवश्यक सर-सामग्री आदिहरूलाई मात्रै छूट दिने पनि निर्देश दिइएको छ।

यसपछि जीएमसीसीको गत दिल्ली भ्रमणको अवधिमा जीएसएसका सदस्य सदस्याहरूले  जीएमसीसीका संयोजक कल्याण देवान अनि अन्य सदस्यहरूमाथि अभद्र व्यवहार गरेको घटनाको पनि हिजोको बैठकमा घोर प्रतिवाद जनाइएको छ। विनय तामाङले आज खरसाङमा प्रेसको गाड़ी जलाइएको घटनाको निन्दा गरेका छन्। यस घटनामा गोजमुमोको कुनै सहभागिता रहेको छैन र यस्ता घटनाहरूलाई गोजमुमोले कदापि सहन नगर्ने बताए।  गोजमुमोले प्रेस- मीडियालाई सदैव गणतन्त्रको मूल खाँबोको रूपमा सम्मान गर्दै आइरहेको छ। बन्दको समय प्रेस- मीडिया, विमारी, मरौं, बिहे, इमरजेन्सी सर्भिस अनि कतिपय आवश्यक सर- सामग्रीको वाहनहरूलाई छुट पनि प्रदान गरेको छ। गोजमुमो यस घटनाको घोर निन्दा गर्दछ।




Leave comment