CDOLIVE.IN

  Friday , September 22 , 2017 8:07AM


वार्ता गर्न मोर्चालाई बोलायो, तर गुरूङको निर्णयमा जीएमसीसी पनि रहने,बन्द खोल्ने स्पष्ट छैन

post_image
मोर्चा र जीएमसीसी प्रतिनिधिहरूले प्रेसलाई सम्बोधन गर्दै

दार्जीलिङ 12 अगस्त- केन्द्र सरकारद्वारा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-लाई पत्र पठाए पछि भोलि 4.30 बजी नर्थ ब्लकमा वार्तामा लागि आउन अनुरोध गरेको छ। विमल गुरुङले शनिवार बेलुकी तिर एक प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले गृह मन्त्री राजनाथ सिंहले पत्र पठाएको जानकारी गराएका छन्। यस वार्तामा को-को सहभागी हुने विषयमा मोर्चाले स्पष्ट जानकारी रहेको छैन। गोर्खाल्याण्ड आन्दोलन जनआन्दोलन भइसकेकोले सबै राजनैतिक पार्टीहरू एउटै मञ्चमा आएका छ। आन्दोलनलाई नेतृत्व गरिरहेका पहाड़का सबै पार्टीहरूलाई बैठकमा सहभागी हुने विश्वास प्रकट गर्दै, गोर्खाल्याण्ड राज्यको एउटा मार्गचित्र खोज्न सहयोग गर्ने छ, भन्ने मलाई विश्वास छ। गुरुङले यो वार्तामा राज्य सरकार बस्छ कि बस्दैन भन्ने कुरा खोलेको छैन। जीएमसीसीका अन्य नेताहरूको वार्तामा सहभागिता लिने हो होईन केही बताउन चाहेनन्। 

जीएमसीसीका संयोजक कल्याण देवानले भने जीएमसीसीमा भएका राजनैतिक दलका प्रतिनिधिहरू वार्तामा जाने बताएका छन्। विमल गुरूङले जीएमसीसीमा रहेका दलहरूलाई पनि वार्तामा संलग्न रहने निर्णय गरेको छ। वार्तामा भाग लिने गोजमुमो, गोरामुमो, क्रामाकपा अनि गोरानिमोका प्रितिनिधिहरू पनि सामेल हुनेछन्। भोलि जीएमसीसी टोली दिल्ली जाने बताएका छन्। जानकारी अनुसार वार्तामा विमल गुरूङले नरहने भएको छ। दिल्ली कै मोर्चा प्रतिनिधिहरूको सहभागिता हुन सम्भावना छ। बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जी दिल्ली पुग्न साथ मोर्चालाई वार्ताको लागि निम्तो आयो। 

मुख्यमन्त्री ममता व्यानर्जीले मोर्चासित वार्ता गर्न आफू तयार रहेको बताएकी थिइन्। दार्जीलिङका सांसद एसएस अहलुवालियाले पनि बन्द र अनशन फिर्ता गर्ने अपिल गरेका थिए यसैले पोलिटिकल डायगल ओपन गर्न बोलाएको हो भन्ने अनुमान लगाएको छ। भोलि वार्ता हुने भए पनि पहाडको बन्द र अनशन फिर्ता बारे केहि बताएको छैन। जीएमसीसीले भनेका थियो, केन्द्रले वार्तामा बोलाएमात्र अनशन उठाउने तर वार्तामा गोर्खाल्याण्ड राज्य गठन कुरा उठेमात्र बन्द खोल्ने बताएको थियो। विमल गरूङले गोर्खाल्याण्ड राज्यको निम्ति वार्ता बोलाएमात्र दिल्ली जाने बताइसकेका छन्।




Leave comment