CDOLIVE.IN

  Friday , September 22 , 2017 8:02AM


स्वाधिनता दिवस पालन गर्न लोवर गिङमा, बन्द जारी रहने

post_image
लोवर गिङ चियाबगानमा आज 71 औं स्वाधिनता दिवसमा सलामी थाप्दै विमल गरूङ

दार्जीलिङ 15 अगस्त-जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ लोवर गिङ चियाबगानमा आज 71 औं स्वाधिनता दिवस धुमधामसित पालन गर्दै लोवर गिङ पुगेका गुरूङले सलामी थापे। स्वाधिनता दिवसलाई सम्बोधन गर्दै गुरूङले भने, ‘म गोर्खाल्याण्डको आन्दोलनमा प्रतिबद्ध छु, यसैले कमजोर बनाउनलाई राज्य सरकारले मलाई जोर तोरले बललगाएर मलाई खोज्दै छ र मलाई जति नै घेराबन्दी, अत्याचार गरे पनि म हार्ने छुइन्। मेरो जातिलाई धोका पनि दिने छुइन। दुइ हप्तादेखि पातलेबासवरिपरि पुलिस गस्तीले विमल गुरूङलाई घेर्ने प्रयास गरिरहेको छ। 

एसपी अखिलेष चतुर्वेदीको अगुवाईमा दैनिकरूपमा 8 वटा गाडीले पातलेबास वरिपरि गस्ती लगाइरहे पनि म त्यसलाई नाघेर जाने हिम्मत गरेको थिएन, तर हिजो पातलेबास काटेर पनि पुलिस मालिधुरा आई पुग्यो। जसमा विमल गुरूङदवारा निर्मित गरिएको कञ्चनजङ्गा स्कूल छ, त्यसलाई पुलिसले कब्जा गरेको छ। गुरूङले भने म पातलेबासबाट भाग्नुपरेको बताए। धेरैदिनदेखि जङ्गलमा गुप्तबासमा रहेको पनि उल्लेख गरे।

स्वाधिनता दिवस पालन गर्नैलाई पुलिसको नजरबाट बचाउँदै गुरूङ लोवर गिङ पुगेका थिए मेरो वास जङ्गलमा भए पनि म राष्ट्रीय पर्व मनाउन मात्र यहाँ आइपुगेको बताउदै, मुद्दा बचाउँनलाई जङ्गलबास गर्नु ता पनि म आन्दोलन जारी राख्नेछु। जनतालाई, मेरो जातिलाई धोका दिने छुइन, दार्जीलिङ, खरसाङ, कालेबुङको आमरण अनशन उठेको शङ्कालाई समाधान गर्दै गुरूङले गिङमाबाट दिएको मन्तव्य अनुसार बन्द धेरै महिना चल्ने र यो आन्दोलन त ट्रेलर मात्र हो, धेरै आन्दोलन गर्नुछ, बन्द धेरै महिना जानसक्छ, चियाबारीहरू सबै धेरै महिना बन्द रहन सक्छ, म जनतालाई भोको राख्ने छुईन। मेरो करङ बेचेर पनि जनतालाई भोको हुन दिदिन र आन्दोलन जारी राख्नेछु सगै बन्द जारी राख्नेछु, गुरूङले बताए।




Leave comment