CDOLIVE.IN

  Friday , September 22 , 2017 8:05AM


केन्द्र पनि गोर्खाल्याण्ड विरोधमा उभिएपछि आन्दोलनलाई कसरी जोगाउने?

post_image
गोर्खाल्याण्ड विरोधमा केन्द्र सरकार र राज्य सरकार

सिलगढ़ी 17 अगस्त-आन्दोलन मात्र होईन साथमा अनिश्चितकालीन बन्द र अनशन सँग थालिएको गोर्खाल्याण्ड मुद्घाको कुनै छिनाफाना नदेखिए पछि अनशन उठाइयों, तर बन्द फिर्ता लिईएको छैन। गोर्खाल्याण्ड मुद्धालाई बंगालको कोर्टमा प्याँक्ने केन्द्र सरकारको स्पष्ट मनशाय रहेको कुरा गृहमन्त्री राजनाथ सिंहको कुराकानीबाट स्पष्ट भएपछि अब के गर्ने गोर्खाल्याण्ड पन्थी दलहरूलाई एउटा ठूलो चुनौती खड़ा भएको छ।गोजमुमो लगायत गोर्खाल्याण्ड पन्थी दलहरूसँग बैठक गरिदिने अनुरोध टक्राएपनि आज 5 दिन बित्न लाग्दा पनि बैठकबारे ममताले कुनै मुख खोलेका छैनन्। हुन पनि प्रधानमन्त्री मोदाको कट्टर आलोचक ममताले जेएसटी लगायत केन्द्रको कतिपय घोषणालाई ता सोझै अस्वीकार गरिदिएकोले गोर्खाल्याण्डबारे चर्चा शुरू गर्नेबारे धेर नकरात्मक नै देखिन्छ। मोदीको कुरालाई पत्तै नदिने ममताले राजनाथको कुरालाई सुन्छन् के ता प्रश्न उठ्न थालेका छन्। हुन पनि बैठक राख्नुको सट्टा पुलिस –प्रशासनलाई अझ कड़ा मनोभाव देखाउन लगाएर ममताले आन्दोलनकारीमाथि नियंत्रण राख्न चाहन्छिन्। विमल गुरूङको घरमुनि स्कूल मैदानमा पुलिस बल तैनात राख्न चाहिको खबरले बंगाल सरकारको राजनीति स्पष्ट हुँदछ। अर्कोतर्फ केन्द्रको कुरा सुनेन भने अझ सीआरपी बल पठाउन सक्छ। यस्तो विकट अवस्थामा आन्दोलनको दिशा के हुने हो, मोर्चा लगायत गोर्खाल्याण्ड दलहरूको निम्ति आत्म-मन्थन गर्ने समय आएको छ, किनभने आन्दोलनलाई जोगाउन सकिएन भने आन्दोलनकारीहरूमा निराशा छाउने छ, बन्द आफै खुल्नेछ-भन्छन राजनैतिक विश्लेषकहरू। विशेष सम्वाददाता




Leave comment