CDOLIVE.IN

  Sunday , February 18 , 2018 10:19AM


दार्जीलिङको सिंहमारी मोटरस्ट्याण्डको छेउमा विस्फोट

post_image
दार्जीलिङमा शुक्रबार मध्यराती बम पड्किएको दृश्य- फोटो फेसबुक

दार्जीलिङ 19अगस्त-दार्जीलिङमा शुक्रबार मध्यराती बम पड्किएको तीब्र आवाजमा सुन्न आएको घटनाले सुनसनी मच्चाएको छ। दार्जीलिङको पुरानो सुपरमार्केट छेउ राती 12.15 बजी ठूलो विस्फोट भएको हो केहि ठूलो हानी भने कतै भएन,’ पुलिस अधिक्षक अखिलेश चतुर्वेदीले घटनाको निरिक्षणपछि भने, घटनाको जाँच चलिरहेको छ। दार्जीलिङको सिंहमारी मोटरस्ट्याण्डको छेउमा विस्फोट भएको जानकारी प्राप्त भएको छ। सटर छेँडेको, घरका खिड्कीको एैना फुटेको छ, आज विहान घटनास्थलमा मानिसहरूको भीड जमेको थियो। दार्जीलिङमा गोर्खाल्याण्डको आन्दोलन र अनिश्चितकालीन बन्द पनि जारी छ। यसप्रकारको घटना अघि देखिएको सुन्न पाएको थिएन। यो पहिलोपल्ट दार्जीलिङमा यस्तो विस्फोटको घटना भएको हो। कसले गरेको हो भन्ने केहि थाहा लागेको छैन।




Leave comment