CDOLIVE.IN

  Sunday , February 18 , 2018 10:19AM


गोर्खाल्याण्ड आन्दोलनलाई विफल बनाउन षड़यन्त्र हो - मोर्चा

post_image
दार्जीलिङ शहरको सुपर मार्केटमा विस्फोट

दार्जीलिङ 19 अगस्त-दार्जीलिङ शहरको सुपर मार्केटमा विस्फोट भएको घटनालाई गोर्खा जनमुक्ति मोर्चाले घोर निन्दा गरेको छ। यस विस्फोटले गोर्खाल्याण्ड आन्दोलनलाई विफल बनाउन षड़यन्त्र रचिएको हो भनि बताएको छ। मोर्चाले यस घटनाको निष्पक्ष जाँचको साथै उच्च स्तरीय निरीक्षण कमिटी गठन गरी झट्ट भन्दा झट्ट जाँच गरिनुपर्ने माग गरेको छ। तामाङले गोर्खा जनमुक्ति मोर्चाले आफ्नो स्थापनाकालदेखि नै गणतान्त्रिक एवं शान्तिपूर्ण ढङ्गमा आन्दोलन गर्दै आएको छ। अगणतान्त्रिक पद्धतिलाई गोजमुमोले कहिल्यै पनि समर्थन दिने छैन। सम्पूर्ण पहाड़को जनतालाई आतङ्कित नभइकन पहाड़मा शान्तिशृङ्खला बनाइराख्ने हामी अपील गर्छौं। पुलिस प्रशासनले पनि शान्ति कायम राख्न पहल गरियोस् भन्ने पनि गोजमुमो निवेदन गर्छौं।




Leave comment