CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:00PM


दार्जीलिङ पछि कालेबुङ थानामा बिस्फोटक एकको मृत्यु, दुइ घाइते

post_image
कालेबुङमा रात्री 10 बजी फेरि विस्फोट

कालेबुङ 20 अगस्त-दार्जीलिङमा विस्फोट भएको 24 घण्टा नबिदा नबिदै कालेबुङमा रात्री 10 बजी फेरि विस्फोट भएको खबर छ। कालेबुङ थानालाई लक्ष्य पारेर हातेबम फ्याँक्दा विस्फोट हुँदा राकेश बासुर नामक सिभिक पुलिसको घटनास्थलमा नै मृत्यु भएको थाहा लागेको छ, भने होमगार्ड ढेण्डुप भोटियालगायत एक सीआरपी जवान गम्भीररूपले घाइते भएको छ। घटना हुन साथ कालेबुङका सम्पूर्ण स्ट्रीट लाइट बन्द गरेको छ। पुलिसको सक्रिय आन्दोलनकारीको घरघरमा छापामारी रातीदेखि नै शुरु गरेको छ। पुलिसले हातेबम फ्याँक्नेको खोजीमा जुटिरहेको बेला फेरि अर्को विस्फोट भएको खबर साथै वर्लिङ गोलाइस्थित सरकारी गेस्ट हाउस जलाइएको पनि जानकारी प्राप्त भएको छ। न्यूज लेख्दा सम्म केहि घटेको जानकारी आएको थिएन्।




Leave comment