CDOLIVE.IN

  Friday , September 22 , 2017 8:15AM


एक दललाई होइन, जीएमसीसीलाई नै बोलाए वार्तामा बस्ने, बन्द खोल्ने निर्णय मोर्चाको हो-जीएमसीसी

post_image
जीएमसीसीको समर्थनहरूले बैठक गर्दै

कालेबुङ 25 अगस्त- जीएमसीसीभित्रका रहेको कुनै एक दललाई बोलाउनु जीएमसीसीलाई चाँहि नबोलाउनु यो षडयन्त्र हो। यसैले जीएमसीसीलाई नै बोलाए मात्र वार्तामा बस्ने निर्णय लिएको छ। जीएमसीसीभित्र नै सबै दल छौं आफ्नो-आफ्नो दललाई व्यक्तिगतरूपले निमन्त्रणा आयो भने 27 अगस्तको दिन जीएमसीसीले बैठक गरेर वार्तामा जाने नजानेबारे निर्णय लिने छ। देवानले भने अनिश्चितकालीन बन्द मोर्चाले डाकेको हो, यसलाई जीएमसीसीको समर्थन गरिरहेको छ। यो बन्दलाई खोल्ने र नखोल्ने विषयबारेमा जीएमसीसीले निर्णय नगर्ने बताए।

आजको बैठकमा कुनै पनि कार्यक्रम गरे भने जीएमसीसीकै व्यानरमा संयुक्तरूपले आन्दोलनको गर्ने निर्णय लियो। बम विस्फोटको जीएमसीसीले विरोध जनाउने बताए। गोर्खाल्याण्ड आन्दोलनलाई राष्ट्रद्रोही बनाउन विस्फोट गरिएको हो, जो पनि संलग्न छ, उसलाई चाँड़ो भन्दा चाँड़ो पक्राउ गर्ने माग गरेका छन्। गोरामुमोलाई राज्य सरकारबाट पत्र आएपछि जीएमसीसी वार्तामा बस्ने कि नबस्नेमा टाउको दुखाई भएको छ। यसकारण ममता व्यानर्जीले केवल चारवटा दललाई मात्र निमन्त्रणा पठाएको छ। गृहमन्त्री राजनाथ सिंहको अनुरोधलाई सम्मान गरेर हामीले राज्य सरकारलाई पत्र पठाएका हौं, कारण जब सम्म राज्य सरकारसित वार्ता नभए सम्म केन्द्र सरकारसित पनि कुनै सठिक पहल नहुने भएकोले पत्र चार गरेको हो भनि बताए।




Leave comment