CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:40AM


शहीद दुर्गा मल्लको संक्षिप्त परिचय – बी. बी. बिश्वकर्म

post_image
शहीद दुर्गा मल्लको संक्षिप्त परिचय

शहीद दुर्गा मल्लको जन्म उत्तर प्रदेश, देहरादून जिल्ला अन्तर्गत डोईवाला गाउँमा सन् 1 जुलाई 1913 मा भएको  थियो। उनको पिता सुबेदार गंगाराम मल्ल तथा माता पार्वती देवीका तीन पुत्र्मा दुर्गामल्ल जेष्ठ पुत्रब थिए। दुर्गा मल्लको बालककालदेखि नै अन्य साधारण केटाहरूको भन्दा बेग्लै रूचि थियो। देहरादूनका बयोबृद्ध मानिसहरूको भनाई अनुसार दुर्गा मल्ल, खेलकुद, साहित्य एवं समाज प्रति गहिरो रूचि लिन्थे। खेलकुद मध्ये फूटबल खेलामा उनको खूबै रूचि थियो अनि फूटबल राम्रो खेल्थे। सन् 1930 ताका उनि अल्लरे युवा थिए। साधारणतः उल्लरे बैसँमा मानिस खान, पिउन र घुम्नमा मस्त रहन्छन्। तर दुर्गा मल्लमा ती कुरामा सलग्न थिएनन्। आफ्नो गोर्खाली समाजको दुर्दशा देखि उनको भावक ह्रदय छटपाउँथ्यो।

गोर्खा समाजको दुर्दशा पन देखेर  छट्पटाउँने दुर्गा मल्ल विद्यार्थी छँदा देखि नै फिरंगीहरूको पराधीनका स्वरूप जंजीरमा बाँधिएको देशको जर्जर अवस्था प्रति जागरूक थिए। पराधीनताको जंजीरलाई तोड़ने प्रक्रियामा स्वाधीनका संग्राममा उनी सानै उमेर देखि संलग्न थिए। निस्सन्देह उनका अग्रजहरू ठाकुर चन्दन सिंह,वीर खडगबहादुर सिंह विष्ट पंडित ईश्वरानन्द गोर्खा, अमर सिंह थापा गान्धीवादी स्वतंत्र्ता संग्रामीहरूको प्रभाव दुर्गा मल्लको कलिलो ह्रदयमा परेको हुन पर्छ। त्यसताका देहरादुनका स्वतंत्र्ता संग्रामीहरूलाई पुलिसले खेदो लगाउँन  थालेको थियो। वीर खडगबहादुर सिंह विष्टको नेतृत्वमा स्वतंत्र्ता आन्दोलनमा नौ गोर्खा, दुई गोर्खा पल्टनहरूका देवालहरूमा समेत पोस्टरहरू टँसाइने काम शुरू भए पछि झन स्थिति अत्यन्त भयभाव भयो। यस्तो स्थितिमा अनेक आन्दोलनकारीहरू देहरादून छोड़ी अन्यंत्रब लागे। त्यस बेला दुर्गा मल्ल विद्यार्थी नै थिए। पुलिसको आँखा छल्नको निम्ति उहाँ भागेर आफ्नो एकजना आफन्तको घर धर्मशाला जानु भयो। धर्मशालामा पुगेर यसै बस्न उचित थिएन, नत विद्यार्थी जीवन अगाड़ी बढ़ाउँनु नै सम्भव थियो। अतः केहि समय पछि उनि स्थानीय पल्टन 2/1 गोर्खा राइफलमा सन् 1931 मा भर्ना भए। त्यस समय दुर्गा मल्ल अठार वर्षका युवा थिए। त्यसताक गोर्खा पल्टनमा जागीर पाउन आउँने रंङरूटहरू प्रायः अनपढ़ हुन्थेŸ। केही पढ़े लेखेका अथवा पल्टनमा भर्ना भई शिक्षामा ध्यान दिनेहरूलाई पल्टनको बुनियादी प्रशिक्षण रेक्रूट टेनिङ दिई सिग्नल टेनिङ दिलाइन्थ्यो। दुर्गा मल्ल शिक्षित भएको हुनाले उहाँलाई पनि रेक्रूट टेनिङ पछि सिग्नल टेनिङको निम्ति पूणे पठाइयो। आफ्नो समर्पित सेवा र दक्षताको बलमा चाँड़ चाड़ै पदोन्ती पाए केहि वर्ष पछि सिग्नल हवल्दार भए।

पुगनपुग दश वर्षजति सेनामा सेवा गरे पश्चात जनवरी सन् 1941 मा उनि छाउनीबाट छुट्टिमा घर आएको बेला भाक्सुमा ठकुरी परिवारकी कन्या शारदा देवी सित विवाह गरे। त्यसै बेला यूरोपमा जर्मनीले 1 सेप्टेम्बर 1939 मा पोलैण्डमाथि हमल्ला गरिसकेको थियो। ब्रिटेन र फ्रान्सले तुरन्तै पोलैण्डको सहायता गर्ने घोषणा गरे। 3-9-39 को दिन दोस्रो विश्वयुद्धको प्रारम्भको घोषणा भयो। सन् 1941 साल लाग्दा पूर्वबाट पनि जर्मनी आक्रमण अवश्यम्भावी भैसकेको थियो। अतः बिहेपछि दुरान् फर्काउने दिनमा नै दुर्गा मल्ललाई पल्टन फर्कन बाध्य हुन पऱ्यो। नवबिवाहिता शारदा देवी दुलहीलाई घरमा छाड़ी पल्टन फर्कनलाग्दा दुर्गा मल्लको ह्रदय कसरी फाट्यो होला सो अनुमान लगाउँन सकिन्छ। अप्रैल 1941 मा दुर्गा मल्लको यूनिट सिकन्दराबाद पुग्यो। त्यहाँबाट समुद्रपार जान भन्दा पहिले 28 दिनको विदा लिई घर पुग्दा पल्टन सरेर बोलारामा भन्ने ठाउमा गैसकेको थियोŸ। बोलारामबाट पल्टन 22-8-41 को दिन मुम्बई बन्दरग्रामबाट 23-8-41 को दिन जहाज चढ़ी मलागा प्रस्थान भयो। एग्घार दिन सम्म निरन्तर समुन्द्र-यात्र गरी सेप्टेम्बर 3 तारिख पल्टन मलयाको पोर्ट स्वीटहॉम पुग्यो। त्यहाँबाट रेलद्वारा यात्र गरी इप्पो नगरदेखि प्रायः 3 माईल पर पल्टनको शिविर खड़ा गर्यो।

भारतीय सेनाको प्रथम टुकड़ी अगस्त 1939 मा सिंगापुर पुगेको थियोŸ। यस सैनिक टुकड़ीको लक्षित स्थान मलया नै थियो। 2/1 गोर्खा बटालियनहरू  पनि सेप्टेम्बर 1941 सम्म मलया पुगेसकेका थिए। तर त्यस बखत सम्म दक्षिण पूर्व एशियामा युद्धको घोषणा भएको थिएन। अन्तमा 8 दिसम्बर 1941 मा जापनले दक्षिण-पूर्व एशियाली क्षेत्र्मा तैनात मित्र्सेनामाथि हमला गरी युद्धघोषणा गर्यो। त्यसपछि दिनदिनै युद्धको गति बढ़दै गयो अनि 11 दिसम्बर सम्म शत्रुपक्षले ब्रिटिश फौजको दुर्गति बनाइसकेको थियो। जापनी सेनाको युद्ध-कौशल र सामरिक शक्ति-कौशल र सामरिक शक्तिको सामुन्ने ब्रिटिश फौजले घुँड़ा टेक्नै पर्यो। 15 फरवरी 1942 मा सिंगापुरको पतन भयो। सिंगापुरको सामरिक स्थिति अति महत्वपूर्ण थियो। वास्तवमा त्यसबेलासिंगापुर मित्र्सेनाको प्रमुख गढ़ नै थियो। तर त्यस बेला सिंगापुरमाथि जापानी सेनाको अत्याधिक दबावको कारण मित्र्सेना समक्ष आत्म समपर्ण गर्न बाहेक अन्य कुनै विकल्प थिएन। 17 फरवरी 1942 को दिन सिंगापुरको फरेरपार्कमा भएको ऐतिहासिक जमढघमा लगभग सत्तरी हजार युद्धबन्दी सैनिकहरूलाई ब्रिटिश सैनिको पक्षबाट लेपिटनन्ट हन्टले जापानी सैनिक पक्षका प्रतिनिधि मेजर फुजीवारालाई वे टन मोहन सिंह (पछि मोहन सिंहलाई जनरल को पद दिएको थियो) कर्नल गोल, पूर्ण सिंह ठाकुर र अन्य कही अफिसहरूको उपस्थितमा जापान सरकालाई सुम्पेपछि मोहन सिंहले घोषणा गरे हिन्दुस्तानको आजादी अब ढोकामा आईपुगेको छŸ। ब्रिटिश र उसका मित्र्देशका सैनिकहरूलाई त जापानले मलाया र सिंगापुरबाट धपाईसकेको छ। अब चाँढ़ै बर्मावाट पनि तिनीहरू लधारिनेछन्। शताब्दियौंदेखि हिन्दुस्तानीहरूका रक्त चुसिरहेका ती ब्रिटिशहरू धपाउँन प्रत्येक हिन्दूस्तानीको कर्त्तव्य हुनगएको छ। हामीले स्वतंत्रब हुने जन सपना देखिरहेका छौं त्यसलाई साकार तुल्याउँने प्रक्रियामा हर प्रकारको मदत दिने बचन जापानले दिएको छ। यस्तो अवस्थामा हाम्रो कर्त्तब्य हो, हामी एउटा बलियो संगठन बनाउँ र हाम्रा चालीस करौंड देशवासीहरूलाई मुक्ति दिलाउँन एक भएर लड़ौं। यो उद्देश्य लिई अब हामी दक्षिण-पूर्वएशियामा बसने हिन्दूस्तानी सिपाही र साधारण नागरिकहरूबाट आजद हिन्द फौज - को सठन गर्नेछौं। कैप्टन मोहन सिंहको यस घोषणामा फरेर पार्कमा आकाश थर्काउँथे नारा सुनियो- इनल्कलाव जिन्दावाद।

शुरूमा आजाद हिन्द फौजकौ गठन गर्नमा तीनवाट गोर्खा बटालियनहरूको प्रमूख भूमिका थियो-2/1 गोर्खा राइफल्स तथा 2/2 गोर्खा राइफल्स। गोर्खा बटालियनहरूबाट आजाद हिन्द सेनाको निम्ति बलुन्टियर बनाउँने मुख्य कार्य पूर्णिसिंह ठाकुरको नेतृत्वमा हवल्दार दुर्गा मल्ल र हवल्दार आसमान सिंहलाई दिइएको थियो। यस सन्दर्भमा र यहि भन्न उचित होला कि शुरूमा युद्धबन्दी बनाइएका सबै गोर्खा सैनिकहरू बलुन्टियर बन्न राजी थिएनन्। आजाद हिन्द फौजमा पन्द्रह हजार आफिसर र सिपाही भएका (क) तीन गूरिल्ला रेजिमेन्ट. (ख) निम्नलिखित सेवादल बहादुर दल (ग) सूचना दल (घ) कुमकं-दल (ङ) फील्ड फोर्स रेजिमेन्ट (च) तोपखाना (छ) बख्तरबन्द गाड़ी दल (ज) इन्जिनियरिङ दल (झ) एम.टी कम्पनी (ञ) सिग्नल कम्पनी (ट) मेडिरल दल (ठ)बेस अस्पताल र (ड)अफिसर टेनिङ स्कूल-यी तेरह युनिट तथा दल राख्ने निर्ण आजाद हिन्द संघको कार्य समितिले लिसकेको थियो।

आजाद हिन्द फौजको गठन पछि बैंकोक सम्मेलनमा पारित प्रस्तावको बिरूद्ध जापानले आफ्नै स्वार्थसिद्धिको निम्ति उक्त फौजको प्रयोग गर्न लाग्यो। जापानको यस्तो  कार्यवाहीले आजाद हिन्द फौजका सर्बोच्च कमान्डरहरूमा असंतुष्टता उत्पन्न भयो। परिणामस्वंरूप आजाद हिन्दका अध्यक्ष रास बिहारी बोस र आजाद हिन्द फौजका सर्बोच्च कमान्डर जनरल मोहन सिंहमाझ पनि कटुता उत्पन्न भयो। यस प्रकारको कटुता एवं गैर-समझदारीको कारण रास बिहारी बोसको सिफारिसमा जनरल इवाकुरोले जनरल मोहन सिंहलाई 20 दिसम्बर 1942 मा गिरफ्तार गरी सिंगापुर निकच सन्त जाँन नामक टापुको एउटा बंगलामा नजरबन्दी बनाई राखे। कतिपय पूर्व घटनाहरूको आधारमा जनरल मोहन सिंहलाई आफ्नो गिरफ्तारीको पूर्वाभास भएको थियो। यसर्थ आफ्नो गिरफ्तारी पश्चात उठाइने पाइलाको योजना जनरल मोहन सिंहले पहिले नै तैयार गरेका थिए। अतः जनरल मोहन सिंहको गिरफ्तारी पछि पूर्वनिश्चित योजना अनुसार हिन्द फौजको तुरन्त विघटन गरियो। 

जापान सरकार तथा भारतीय स्वाधीनता संग्राममा ब्रति भएको नाइकेहरू माझ कतिपय विषयमा मनो मालिन्वता हुन जाँदा, जापानी जनरल इवाकुरोले स्थितिको गहन अध्यन गरे अनि उनले समयको मांग अनुसार नेताजी सुभाष चन्द्र बोस मात्रब एक सर्वमान्य नेता हुनसक्ने छन् भनी जापान सरकारलाई आफ्नो सिफरिस पठाएŸ। जापानले जनरल इवाकुरोको उक्त सिफारिस प्रति स्वीकृति जनायो र बर्लीनबाट नेताजीलाई दक्षिण-पूर्व एशियामा झिकाउने ब्यवस्था गèयोŸ। 20 जून 1943 को दिन रेडियो टोकियोले नेताजी जापान आई पुग्न भएको खबर प्रसारित गर्यो। 3 जुलाई 1943 मा नेताजी सिंगापुर पुग्न भयोŸ। 4 जुलाई को दिन सिंगापुरको कैथे  बिल्डिङमा उनले समस्त एशियाबासी हिन्दुस्तानीहरूका  प्रतिनिधि सम्मेलनमा भाषण गरे। भोलीपल्ट 5 जुलाई आजाद हिन्द फौजको पुनर्गठन  बारे विधिवत घोषणा गरेपछि नेताजीले म्युनिसिपल बिल्डिङको प्रांगणमा प्रेडको निरीक्षण गरेŸ। अस्थायी आजाद हिन्द सरकारको गठन पश्चात 25 अक्टोबर 1943 को दिन, आजाद हिन्द फौजका सैनिक तथा असैनिक करीब पचास हजार जनताको जमघटबाट नेताजीले घोषणा गर्नु भयो, अस्थायी आजाद हिन्द सरकार, ब्रिटेन र संयुक्तराष्ट— अमेरिकाको बिरूद्ध युद्धको घोषणा गर्दछ।

आजाद हिन्द अस्थायी सरकारले मित्र्सेना बिरूद्ध युद्धघोषणा गरेपछि आजाद हिन्द फौजका बिभिन्न अंगहरू-मोर्चा-मोर्चामा पठाइए। दुर्गा मल्ल गुप्तचर शाखामा कार्यरत थिएŸ। आफ्नो अधीन केहि सैनिकहरूलाई लिई दुर्गा मल्ल बर्मा सीमा पारगरी त्यसताकको वृहत असमको पर्वतीय ईलाकामा प्रवेश गरेŸ। सामरिक विषय सम्बन्धी महत्वपूर्ण सूचना एकत्रब गरी उनेले आजाद हिन्द सेना मुख्यालय रगून पठाउँथे। तर रासन-पानीको कमी गोला-बारूद एवं हातहतियारहरूको अभाव तथा भौगोलिक स्थितिका कठिनाईहरूले गर्दा कोहिमा निकट मणिपुरको उखरूल भन्ने स्थानमा 27 मार्च 1944 को दिन दुर्गा मल्ल शत्रुको हातबाट पक्राउ परे ।

दुर्गा मल्ललाई युद्धबन्दीको रूपमा दिल्लीको लालकिल्लाको बन्दीगृहमा राखियो। उनको बिरूद्ध भारतीय सैनिक कानूनको धारा 41 तथा भारतीय दण्ड बिधानको धारा 121 अन्तर्गत सैनिक अदालतमा मुकदमा चलाइयो। साम्राज्यवादी ब्रिटिश-राज कुनै पनि तरिकाले भारतीय स्वतंत्र्ता संग्रामलाई दमन गर्न चाहन्थ्यो। त्यसकारण उनलाई प्रलोभन देखाई भनियो, मलााई ब्रिटिश-राज बिरूद्ध युद्ध गर्न उक्साइएको थियो। यसको निम्ति म क्षमा प्रार्थना गर्दछु भनी क्षमा याचना गरे तिम्रो अप्रध क्षमा गर्न सकिनेछ। तर वीर दुर्गा मल्लको निम्ति देशको स्वतंत्र्तानै सर्वापरि थियो। अतः ब्रिटिश-राजको प्रस्तावलाई अस्वीकार गरी फाँसीको तख्तामा चढ़नु नै दुर्गा मल्लले उचित ठाने।

  दुगा मल्ललाई फाँसीको सजाय दिने सैनिक अदालको निर्णयमा तत्कालीन सैनित प्रमूखबाट तर गरिए पछि दुर्गा मल्लकी धर्मपत्नी शारदा मल्ललाई पतिको अन्तिम दर्शन गर्ने अनुमति दियो कि शारदा मल्लले पतिलाई क्षमा याचनाको निम्ति राजी गराउँने छन्। शारदा मल्ल पति सम क्ष पुगेर बेहोश भइन पत्नीलाई होशमा ल्याँउदै दुर्गा मल्लले भने म भारत माताको आजादीको निम्ति प्राणको आहुती दिदैछु। तिमी यसमा र्किंचित पनि दुःखी नहुनूŸ। म नरहे पनि करोडौं भारतीय जनता तिम्रा साथमा रहने छन्।

15 अगस्त 1944 को दिन वीर दुर्गा मल्ललाई लालकिल्लाको कारागारबाट दिल्ली  केन्द्रीय कारागार लगियो। दश दिन पश्चात 25 अगस्त 1944 मा उनलाई फाँसीको तख्तामा चढाई झुण्डाइयो यस प्रकार एक भारतीय सुपुत्र्ले स्वतंत्र्त प्राप्तिको निम्ति बलिबेदीमा आफ्नो अनमोल प्राण न्यौच्छावर गरे। शहीद दुर्गा मल्लको भौतिक शरीर केवल एकतीस वर्षको सार्थक जीवन बिताई उनले भारत देशको त्याग गरे तर यति कम समय मात्रब संसारमा रहेको पनि उनले अमरत्व प्राप्त गरे भन्न सकिन्छ।

अमर शहीद दुर्गा मल्लको सम्बन्धमा भारत सरकारको अभिलेखागार बिभागामा धेरै निमित्त बिवरण सुरक्षित रहेको छ भन्ने थहा लाग्छ। शहीद  दुर्गा मल्लकी धर्मपत्नी शारदा मल्ल केवल सत्र्ह वर्षकी कल्कलाँउदो किशोरी थिइन। सन् 1941 मा उनि प्रणय-सूत्र्मा बाँधिएको बेला उनको उमेर मुश्किलले चौद वर्ष पुगेको थियो। शारदा आफ्ना माता-पिताकी एक मात्रब सन्तान थिइन्। उनी श्यामनगर, धर्मशालामा 25 दिसम्बर 1927 मा  जन्मिएकी थिइन्। शारदाले सत्र्ह बर्षको कलिलो उमेरमा बैधब्यताको तितो चोट खानु परेता पनि उनले वीर पुरूषकी धर्मपत्नी अनुरूप एक साहसी जीवन विताइन। बैधब्यता पश्चात उनले आफ्नो पढ़ाई जारी राखीन पंजाब बिश्वविद्यालयबाट प्रभाकर (आँनर्स-इन-हिन्दी) परीक्षा पास गरिन्। त्यसपछि उनले सिलाई बुनाईको प्रशिक्षण पनि प्राप्त गरिन् स्कूलमा क्रप्ट टीचरको पदमा काम गरिन् पति शहीद दुर्गा मल्लले देश प्रति गरेको असाधारण बसिदानको निम्ति भारत सरकारले सन् 1972 अगस्त देखि शारदा मल्ललाई स्वतंत्र्ता सेनानी सम्मान परिवार पेन्सन प्रदान गर्दै आयो। सन् 1989 मा उनि एक उच्चतर माध्यमिक स्कूलमा क्राप्ट टीचरको पदबाट सेवा निवृत भइन अनि 29 जनवरी 1990 को दिन उनले यस संसारबाट पनि निवृत भई स्वर्गवास भइन ।

सन्दर्भ - हमारे परमवीर - लेखक ऋृतुराज -  बीर जातिको अमर कहानी - लेखक एम0 पी0 राई।।

(भाक्सुका कवि एवं लेखक-सम्पादक मगन पथिक द्वारा लिखित पुस्तक ठाकुर चन्दन सिंह - मा परेको दुर्गा मल्ल रचित निम्न पदबाट उहाँको छट्पटाहटूको अनुमान लगाउँन सकिन्छ।)

बताऊ आएर भगवन, सुकेरो जातिलाई  बाटो।

के भयो हामीलाई आज, किन बुद्धि भयो लाटो।

यसै जातिको बल पौरख,हेरी भन्थे बीर गोर्खा।

थिए उज्जवल तीहीरा, झैं, किन यो भैसके माटो।

आज देखर यो मैले, भनी सक्तिन केहि अहिले।

कर्त्तब्य बुझनन् ती कहिले, उडेछ सबैको सातो।

यी कस्ता जन्मिए, मूले, सबै अर्को झैं भइहाले।

आफ्नोलाई लाँउदैछन् छुले, मायालु हुनको साटो।

पुर्खाको मान गइसक्यो, जाति बदनाम भईसक्यो।

तिम्रो जिउ मात्रब बाँकी छ,  किन बनाउदैछौं माटो।

दुर्गाले लेख्तैछ लेख, प्रभूले मारिदेऊ मेख।

अझ आँखा छ भने देख, अरू हिँड्दैछन् कुन बाटो।




Leave comment