CDOLIVE.IN

  Monday , September 25 , 2017 11:30AM


गोर्खाल्याण्ड आन्दोलनको ७५ दिनः परिणाम हात नलाग्दै चुड़ीने तिर

post_image
जनता गोर्खाल्याण्ड पक्षमा रहेको बेला नेताहरू सेटरमेन्ट पक्षतिर

सिलगढ़ी 28 अगस्त-गोर्खाहरूको वासभूमिको निम्ति गोर्खाल्याण्ड आन्दोलन शुरू भएको पनि ७५ दिन पुगिसेकेको छ। उपलब्धि हात लाग्नुको साटो गोर्खाल्याण्ड आन्दोलका निम्ति दार्जीलिङ पहाडमा एकतावद्ध भएर लेडेका पार्टीहरु नै एकअर्कालाई दोसारोपण गर्न थालेका छन्। यसबाट आन्दोलन निष्कर्षमा नपुग्दै चुड़ीने खतरा देखिएको छ। पश्चिम बंगाल राज्य सरकारले गोर्खाल्याण्ड मुभमेन्ट कोर्अडिनेशन कमिटि(जीएमसीसी)आवद्ध पार्टीहरुलाई मंगलवार वार्तामा बोलाएको छ। यस अघि राज्य सरकारले बोलाएको कुनै पनि वार्तामा नबस्ने अडानमा एक ढिक्का देखिएका पार्टीहरु अहिले भने वार्तामा बस्ने किन नबस्ने भन्नेमा विवादति भएका छन्।

जीएमसीसीमा आवद्ध प्रमुख पार्टी गोर्खा जनमूक्ति मोर्चा(गोजमुमो) राज्य सरकारले बोलाएको वार्तामा बस्न तयार छ भने अन्य पार्टीहरु, गोर्खा राष्ट्रिय मुक्ति बाहिनी (जीएनएलएफ) र जनआन्दोलन पार्टी (जेएपी) भने वार्ता बहिस्कार गनुपर्ने पक्षमा छन्। राज्य सरकारले बोलाएको सर्वदलीय वार्ता शुरु हुन केहि घण्टा मात्रै बाँकी रहेका बेला मोर्चा अध्यक्ष बिमल गुरुङले पहाडका दुई-तीन जना नेताले आफुलाई फसाउने कोसिस गरिरहेको आरोप लगाएका छन्। 

‘पहाडका दुई-तीन जना नेता सहित अन्य केही मिलेर मलाई फसाउने कोशिस गरिहेका छन्’, गुरुङको दावी छ। उनीहरूले बंगाल सरकारलाई पत्र लेख्नु अघि आफुसँग कुनै सल्लाहा नगरेको आरोप लगाउँदै त्यस्ता नेताहरुसँग जनता चनाखो हुनुपर्ने बताए।‘जनता त्यस्ता नेताहरुसँग होसियार हुनुपर्छ उनले भने,‘ बंगाल सरकारलाई चिठी लेख्नु वा आग्रह गर्नु अघि म सँग कुनै सल्लाह समेत गरेनन्।’ बिष्फोटका घटना बढ्दै जानुलाई कतिपयले गोर्खाल्याण्ड आन्दोनको ‘सेफ ल्याण्डिङ’ हुन नसक्नुलाई कारक मानेका छन्। आन्दोलनकारीहरुले भने यो छुट्टै गोर्खाल्याण्ड नबनोस भन्नेहरुको आन्दोलन चुड़ाउने सड़यन्त्र भएको बताउने गरेका छन्।




Leave comment