CDOLIVE.IN

  Monday , September 25 , 2017 11:30AM


गोर्खाल्याण्ड मैदानमा विनय बनाम विमल – बन्द जारी, पहाड़ अशान्त

post_image
विनय तामाङले पत्रकारलाई सम्बोधन गर्दै

सिलगढ़ी 31 अगस्त-मोर्चाका सह-सचिव विनय तामाङले दुइहप्ताको निम्ति बन्द स्थगित गर्ने घोषणा गरेको केहि समयमा पछि मोर्चा अध्यक्ष विमल गुरूङले बन्द जारी रहने घोषणा गरे। बन्द स्थगित गर्नुलाई बङ्गाल सरकारको षडयन्त्र रहेको बताए। बिमल गुरूङले यो हप्ताभरिमा डेलिगेशन दिल्ली पठाउने घोषणा गरे। विनयको बन्द खोलाउने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै गुरूङले अहिलेसम्म आफूले धेरै कुरा सहेर बसेको पनि बताए। धेरै खिचडी पकाएर गोजी भर्नु काम राम्रो होइन, बन्द स्थगित हुने छैन। 

जबसम्म गोर्खाल्याण्डको वार्ता हुँदैन तबसम्म बन्द जारी रहनेछ। विनय तामाङले बन्द स्थगित गरेको समाचार फैलिने साथ दार्जीलिङको चोक बजारमा 2 सय भन्दा बेसी मानिसहरू भेला भएर विनय तामाङ विरुद्ध नाराबाजी शुरू भएको छ। आन्दोलनकारी जनताले विनय तामाङ मुर्दाबादको नारा लगाउँदै बन्द भोलिदेखि खोलिए जनता आफैले तोडफोड गर्ने चेतावनी दिइएको छ। दार्जीलिङ, कालेबुङ, खरसाङमा पनि बन्द खोलेकोमा असन्तुष्ट जनताले व्यापाक नाराबाजी तोडफोड शुरु भएको छ। विमल र विनयको दुइ बेग्लाबेग्लै घोषणाले आन्दोलनकारी जनताहरू अन्योलमा परेका छन्। मोर्चाभित्रमा नै केहि घटनाहरू अथवा हिंसात्मक हुन सक्ने सम्भावना साथै फेरी पहाड़ अशान्त हुने देखिन्दै छ।




Leave comment