CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:39AM


विनय तामाङ र अनित थापालाई पार्टीबाट निलम्बित गरिने- रोशन गिरी

post_image
गोर्खा जनमुक्ति मोर्चा सचिव रोशन गिरीले घोषणा गर्दै

दार्जीलिङ 31 अगस्त-विनय तामाङले बन्द स्थगित गर्ने घोषणा गरेको लग्तै विनयलाई मोर्चाबाट नै निलम्बित गरिने मोर्चा सचिव रोशन गिरीले बताएका छन्। विनय तामाङ र खरसाङका पूर्व सभासद् अनित थापालाई पनि मोर्चाबाट निलम्बित गर्ने प्रस्ताव ग्रहण गर्ने बताएका छ। पार्टीले निर्णय नगरि किन विनय तामाङले आफैले बन्दलाई राहत दिने व्यक्तिगत निर्णय लिएकोले आजबाट नै पार्टीको गोर्खाल्याण्ड आन्दोलनको संयोजकको पदबाट निकालिएको घोषणा गरे। गिरीले भने- बन्द खोल्ने र बन्द गर्ने तामाङको कुनै अधिकार छैन।

बंगाल सरकारले र केन्द्र सरकारले आन्दोलनकारी नेतृत्वबीच त्रिपक्षीय वार्ता नभए सम्म बन्द जारी रहनेछ। कसैको व्यक्तिगत निर्णयलाई समर्थन दिने छैन। कसैलाई रोटी सेक्न, अनि कसैलाई पैसासित मुद्दा साट्न दिइने छैन। विनय तामाङ र अनित थापाहरू राज्य सरकारसित मिलेर कुनै व्यवस्थातिर जाने कुटनीति गरिरहेको छ, गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ता नभएसम्म आन्दोलन जारी राख्नुपर्छ। बन्द गरिएकै कारण केन्द्र र राज्यसित बैठक हुन सक्यो। अब द्वीपक्षीय होइन त्रिपक्षीय वार्ता हुनुपर्छ। जनताले कुनै पनि व्यवस्था थाप्नको लागि आन्दोलन गरेको होइन जनताले यी सबै कुरालाई बुझेर सचेत रहनु पर्ने रोशन गिरीले बताए।




Leave comment