CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:38AM


बन्द खोल्ने घोषणा पछि पनि अन्योलता जारी, धोका दिनेलाई माफ छैन -गुरूङ

post_image
मोर्चा प्रमूख विमल गुरूङले र विनयमा विच फाटो

सिलगढ़ी 1 सेप्टेम्बर-कलकत्ताको नवान्नमा 29 अगस्तको दिन बैठकपछि दार्जीलिङ पहाड़को राजनीतिमा नयाँ समीकरण शुरू भयो। खरसाङको जनसभा पछि बिहीबार 1 तारिकदेखि 12 सेप्टेम्बरसम्म अर्थात दोस्रो राउण्डको वार्तासम्म बन्द खेल्ने घोषणा गरेकोले विनय तामाङ र बिमल गुरूङ माझ चिरा परेको स्पष्ट देखिएको छ। पत्रकार सम्मेलन पछि विनय तामाङले पहाड़ बन्दको स्थगित घोषणासँगै विनयपन्थी र बिमलपन्थी माझ भनावैरी शुरू भई सरेको छ। बिमलले भने मलाई जतिनै मुद्दा लगाइए पनि म डराउने छुईन। आफ्नो भूमिको निम्ति म बिक्री नभएकोले नै विमल गुरूङलाई खेदुवा लगाउने षडयन्त्र गरेको हो। विनयले जुन थालमा खायो, त्यस थाललाई छेँड पारेको छ। बङ्गालले सरकारले विनयलाई किनेर मोर्चा फुटाउने र आन्दोलन स्थगित गराउने षडयन्त्र रचेको छ भनि बताए। गोर्खाल्याण्ड आन्दोलनको दोरी जनताको हातमा रहेको छ र जनताले यो कुराहरू बुझ्नुपर्छ। विनयको निर्णयमा जसले पनि बन्द खोल्छ, उनीहरू नै जिम्मेवारी हुनेछ केहि अप्रिय घटना भएमा त्यो बन्द खुलाउने कै दायित्व हुनेछ। विनय र अनिल थपालाई गोजमुमोबाट निष्कासित गर्ने घोषणा गरिएपछि आज 1 सेप्टेम्बरदेखि पहाड़ खुल्ला हुने या नहुने सबैको नजर त्यही अड़ेको छ। विशेष सम्वाददाता




Leave comment