CDOLIVE.IN

  Monday , September 25 , 2017 11:31AM


बंगालका सीआईडी हतियार सहित पर्यटन भएर सिक्किम पसे, सिक्किम पुलिस अनभिज्ञ

post_image
बङ्गालको सीआईडी टोली पर्यटक बनेर सिक्किम प्रवेश

नाम्ची 1 सेप्टेम्बर-बङ्गालको सीआईडी टोली पर्यटक बनेर सिक्किम पसे दक्षिण सिक्किमका एसपी प्रताप प्रधानले खुलासा गरेको छ। मोर्चाको बैठक हुने भएकोले सीआईडी टोलीले मोर्चा नेताहरूमाथि धडकपड शुरू गरे पछि दावा भोटियामाथि गोली हाने पछि सिक्किम पुलिसले सीआईडीको खेल तब बुझे पछि उनीहरू सीआईडी नै रहेको आधिकारिक कागजपत्र समेत नरहेको साथै सीआईडीको हातमा न वारण्ट न सिक्किम प्रशासनले दिएको स्वीकृति पत्र नभएको बताए। 

सिक्किम पुलिसले सीआईडीमाथि हस्तक्षेप गर्न नपाई किन पक्राउ परेका चारजना मोर्चा नेतालाई बङ्गाल छिराइसकिएको छ। अरू दुइजना मोर्चा नेताहरूलाई सिक्किम पुलिसले सीआईडीलाई बङ्गाल पट्टि लान दिएको छैन, साथै न्यायालयको आदेश लिएर आउने अनुरोध गरेको छ। सिक्किम पुलिसले दावा भोटियामाथि गोली हान्ने बङ्गाल पुलिसका जवानहरूमाथि प्राथमिकी दर्ता गरेको जनाएको छ। 

पर्यटक भनेर सीआईटी टीमले झुटो बोले अनि सीआईडीको मूल उद्देश्य पनि लुकाएको सिक्किम पुलिसले आरोप लगाएको छ। एसपी प्रधान भने सिक्किम पुलिसलाई केहि जानकारी नै थिएन। हतियार सहित सिक्किम बोर्डरबाट सीआईडी टोली कसरी पसे भन्ने प्रश्न उठन थालेको छ। सिक्किम पुलिसलाई कुनै सूचना बेगर पसेको घटनाले बङ्गाल सरकार र सिक्किम सरकारबीच अर्को समस्या उत्पन्न हुने भएको छ। हतियारसहित सीआईडी टोली सिक्किम पसेर गोली हान्नु पक्राउ गर्नु हो विषयमा सिक्किम पुलिसको लचिलोपनमाथि पनि अवश्य नै प्रश्न उठन थालेको छ। 




Leave comment