CDOLIVE.IN

  Monday , September 25 , 2017 11:29AM


पहाडका दलहरूले मुद्धा भन्दा शान्ति बहाली प्रति सहमति

post_image
पहाडका दलहरू सिक बैठक गर्दै मुख्यमन्त्री

सिलगढी 12 सेप्टेम्बर-आजको बैठकमा गोजमुमो विधायक, विनय गुट, जाप, गोर्खालीग, गोरामुमोका प्रतिनिधिहरू उपस्थित थियो। उनीहरूलाई मुख्यमन्त्री ममता व्यानर्जीले पहाडमा शान्ति गर्ने अपिल गरेकी थिइन्, जसमा सबैले सहमति प्रकट गरेका छ। व्यानर्जीले बैठक सकरात्मक रहेको भन्दै उनीहरूले राखिएको मागहरूबारे विचार विमर्श गरिने बताइन् बैठकपछि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीले भने त्रिपक्षीय वार्ता सम्भव छैन भनि बताइन्। त्रिपक्षीय अघि कतिपय कानूनी असुविधाबारे हेरविचार गरिने बताइन्। चियाश्रमिकहरूलाई न्युनतम वेतन साथै चिया समस्या समाधान गर्न बारे सचिवहरूसित मन्त्रीहरूको बैठक गर्ने बताइन्। पुलिसको गोली लागेर मर्ने शहिदहरूलाई क्षतिपूर्ति दिनेबारे विचार गर्ने जनाउँदै 15 दिनभित्र कर्मचारीहरूले काम जोइन गरे 1 महिना अघि तलब दिन सकिने बताएकी छन्। पहाडको विकास र शान्तिबारेमा नै बैठक गरिएको बताइन्। मुख्यमन्त्रीले भने 16 अक्टोबरको दिन नवान्नमा फेरि अर्को वार्ता गरिने पनि जनाएकी छन्। ‘मैले सबै दलहरूसित पहाडको जीवन स्वाभाविकरूप गर्ने अपिल गरेको छु। बैठकमा सबैहरूले यसबारे सहमति जनाएका छन्, सबैले दलका प्रतिनिधिहरूले दायित्व पूरा गर्नेछ भन्ने आशा राखेको छु।

गोर्खालिग नेता लक्ष्मण प्रधानले जहिल्यै राज्य सरकारले एउटामात्र पार्टीसित मिलेर सम्झौता गरेकोले जनताको आकांक्षा पुरा नहुने बताए। कहिले गोरामुमोसित दागोपाप, कहिले गोजमुमोसित जीटीएको सम्झौता भयो, तर जनाकांक्षा पुरा भएन, प्रधानले भने, जनाकांक्षा तब मात्र परा हुन्छ, जब बङ्गालदेखि छुट्टिएर गोर्खाल्याण्ड बनिन्छ। ममता व्यानर्जीले यसबारेमा सोच्नु अनिवार्य छ, भनिनसक्दै मुख्यमन्त्री ममता व्यानर्जीले भनिन्, त्यो मात्र कुरा गर्नुहोस्, जुन आजको बैठकमा चर्चा भयो तपाईँले गर्नु भएको कुरा त चर्चा नै भएन। विनय पक्षले मुख्यमन्त्रीसित 17 वटा बुँदागत माग मुख्यमन्त्रीसमक्ष राखिएको पनि जनाए। शहीदहरूलाई क्षतिपुर्ति दिइनुपर्ने, पक्राउ परेकालाई मुक्त गर्नुपर्ने, बम विष्फोटबारे उच्चस्तरीय जाँच हुनुपर्ने, कर्मचारीहरूको सर्विस ब्रेक नहुनुपर्ने, उनीहरूलाई तीन महिना कै तलब दिइनुपर्ने, चियाबारीका श्रमिकहरूलाई पर्चापट्टा दिइनुपर्ने, बन्दको कारण समस्यामा परेका युनिभर्सिटीका विद्यार्थीहरूलाई भर्नाको सुविधा दिइनुपर्ने, ट्याक्समा छुट दिइनुपर्ने, च्यानलहरू पुनर्वहाली गर्नुपर्ने, इन्टनेट बहाली गर्नुपर्ने जस्ता मागहरू राखिएको उनले जनाए। डा. हर्कबहादुर छेत्रीले बताए कि मोर्चाद्वारा राखिएको त्रिपक्षीय वार्ताको मागमा अन्योलता रहेको भन्दै त्रिपक्षीय वार्ता केवल छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाबारे मात्र हुनुपर्ने राखे। दागोपाप र जीटीए खारिज गर्नु पर्छ, झट्टै त्रिपक्षीय वार्ताको बाटो खुलिनुपर्छ, पहाडको जनजीवन सामान्य गर्न सरकारलाई सकरात्मक पहल गरिदिने अपिल पनि गर्न छुटाएनन्। विमल गुटबाट गएका विधायक अमर राईले आन्दोलनको कारण दार्जीलिङको अर्थनीति तहसनहस साथै पर्यटन, शिक्षा सबै तहसनहस भएकोले पहाडमा शान्ति फर्काउन अनिवार्य रहेको बताए। अब जनताको हातमा नै गोर्खाल्याण्ड निर्माणको चाबी रहेको देख्न थालेको छ।




Leave comment