CDOLIVE.IN

  Friday , December 14 , 2018 12:29AM


फुटबल खेलाडी भाइचुङले गोर्खाल्याण्डको पक्षमा

post_image
फुटबल खेलाडी भाइचुङ भोटिया

गान्तोक 14 सेप्टेम्बर - भारतका वरिष्ठ फुटबल खेलाडी भाइचुङ भोटियाले गोर्खाल्याण्डको समर्थन गरेका छन्। सिक्किमका प्रिमियर लिग फुटबल टुर्नामेन्टको निरिक्षण गर्न आईपुगेका भाइचुङले आफू गोर्खाल्याण्डको पक्षमा रहेको बताएका हुन्। मेरो व्यक्तिगत विचारमा गोर्खाल्याण्ड हुनुपर्छ, यो दार्जीलिङबासीले पछिल्लो तीन दशकदेखि मांग गर्दै आइरहेको अनि अस्तित्व र चिह्नारीको साँचो सङ्घर्ष रहेको हो,’ उनले भने दार्जीलिङको समस्या बारेमा मैले बुद्धिजीवी साथै बङ्गाल सरकारका वरिष्ट अधिकारी, तृणमूलका नेताहरूसित कुरा गरिरहेको छु। दार्जीलिङ, कालेबुङ बङ्गालको भूभाग कहिल्यै थिएन। पहाडको समस्याको स्थायी सामाधान हुनुपर्ने बताएका छन्। गोर्खाल्याण्डको मुद्दालाई लिएर आफू ममता व्यानर्जीसित सहमत नरहे पनि म तृणमूल काङ्ग्रेसबाट राजिनामा दिने विचार नरहेको जनाएका छन्। आन्दोलनकारीहरूलाई सुझाव दिँदै उनले बङ्गाली बुद्धिजीवी, तृणमूलका नेता, नोकरशाहहरूलाई पनि साथमा लिएर काम गर्नुपर्ने बताउँदै उनीहरू पनि गोर्खाल्याण्डको पक्षमा रहेको आफूसितको कुराकानी र सङ्गतबाट थाहा लागेको जनाएका छन्। स्थायी सामाधानको सन्दर्भमा कि त छुट्टै राज्य अथवा युनियन टेरिटोरी हुनुपर्ने जसले सिलगढीलाई पनि धेरै फाइदा हुने विचार राख्ने उनले गोर्खाल्याण्डको सन्दर्भमा मुख्यमन्त्री पवन चामलिङले गाइड गर्नुपर्ने सुझाव पनि दिएका छन्।




Leave comment