CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:04PM


पुलिसका उप-अधीक्षक अमरनाथ यादवले पत्रकारमाथि अभद्र व्यवहार

post_image
पुलिस प्रशासनले दार्जीलिङ शहरका दोकानहरू खोलाउँदै

दार्जीलिङ 24 सेप्टेम्बर- बन्दलाई खोलाउनलाई दार्जीलिङ शहरका दोकानहरूमा पुलिस प्रशासनले जबर्जस्ती खोल्न प्रयास गर्दै गरिएको समयमा पत्रकारले फोटो खिँच्दा पुलिसका उप-अधीक्षक अमरनाथ यादवले बङ्गला दैनिक समाचार पत्रका दार्जीलिङ संवाददाता धनराज घिसिङको क्यामेरा फुटाउँने साथै अभद्र व्यवहार गरे छ। यो घट्नालाई दार्जीलिङ प्रेस गिल्डले कठोर शब्दमा आलोचना गरे वापत पुलिस अधीक्षकसमक्ष विरूद्ध उजुरी दर्ता गरिएको छ।। दार्जीलिङ प्रेस गिल्डले यस घट्ना विरूद्ध प्रेस काउन्सिल अफ् इण्डियासमक्ष पनि पत्राचार गर्ने बताएको छ। पुलिस उप-अधीक्षक यादवले पत्रकार धनराज घिसिङसित माफी मागे पनि पत्रकारहरुमाथि यस्तो व्यवहारले दार्जीलिङ पहाड़मा पत्रकारहरु सुरक्षित छैनन् भन्ने स्पष्ट देख्न आएको छ। केहि दिन अघि कालेबुङमा एक पत्रकारमाथि साथै आज दार्जीलिङमा पत्रकारहरूमाथि पुलिस प्रशासनको यस्तो व्यवहार गरे वापत, प्रेस गिल्डका अध्यक्ष दीप गजमेरले भने पहाड़का कुनै पनि पुलिस प्रशासनले यस्तो व्यवहार नगर्ने अपील गरेका छन्।




Leave comment