CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:05PM


बन्द खोल्नेविरूद्ध कालेबुङ शहरमा सनसनीपूर्ण पोष्टर

post_image
बन्द खोल्नेहरू विरूद्ध पोष्टर कालेबुङ शहरमा

कालेबुङ 24 सेप्टेम्बर-कालेबुङ शहरमा शनिबार धेरै मात्रमा दोकानपाटहरू खोलियो साथै वाहनहरूको पनि चला चल थियो। तर आज अचानक कालेबुङ शहरमा बन्द खोल्नेहरू विरूद्ध पोष्टर देखापरे पछि सम्पूर्ण दोकानपाठहरू बन्द रह्यो। कालेबुङ शहर सामान्य हुने भएकोले व्यापारीवर्ग दोकानपाठ खुलाउने सम्बन्धमा सामुहिक निर्णय लिनलाई एक बैठक डाकेका थिए। यस्तो पोष्टर देखापरे पछि परिस्थितिलाई केन्द्र गर्दै बन्द खुलाउनेबारे कुनै ठोस् निर्णय लिन सकेनन्।

बन्द खुलाउनेहरूलाई केन्द्र गर्दै धम्कीपूर्ण पोष्टरमा बन्दमा दोकानपाठ खोल्ने र गाडी चलाउने अब मर्नु तयार बस्’-पोष्टरमा लेखिएको छ, गोर्खाल्याण्डको सट्टामा जीटीए थाप्नेलाई मार्छु की मर्छु, गोर्खाल्याण्ड विरोधी होशियार, अब 86 को दिन आउँदैछ किन?। गणतन्त्र छोडेर बङ्गालले गोर्खालाई हतियार उठाउन बाध्य बनाइरहेको कुरा पोष्टरमा उल्लेख गरिएको छ। यसप्रकारको धम्कीपूर्ण पोष्टपछि कालेबुङ शहर आज धेरै सुनसान रहेको थियो। पोष्टर कसले टाँसेको हो भन्नेकुरा स्पष्ट छैन। नौ माइल क्षेत्रमा पनि कालेबुङ जनताको नाममा पोष्टर टाँसीएको छ। 

पोष्टरमा भनिएको छ, बङ्गाल सरकारको आडमा जनताको आकांक्षा पूर्ण नभइ आफ्नो जातिको अस्तित्व बिक्री गरेर जनतालाई रद्द् गरेको जीटीए सञ्चालन गर्ने स्वार्थी नेताहरू होशियार भनि लेखिएको छ। पहाड अनिश्तिकाल बन्द रहे पनि महान् चाड दशैँ नजिकैआईरहेको कारण पहाड बन्द रहे पनि दसैँलाई केन्द्र गरेर केही दिनदेखि कालेबुङ बजारविस्तारै खोलिँदै थियो। तर आज अचानक फेरि पहाड अशान्त हुनसक्ने स्थितिलाई ध्यानमाराख्दै कालेबुङ बजार बन्द भएको छ।




Leave comment