CDOLIVE.IN

  Thursday , January 18 , 2018 10:58PM


मोर्चाबाट निष्कासित भए पनि विनयलाई जीटीएको चौकी ?

post_image
बीओए बोर्डको विनय तामाङले अध्यक्ष पद सम्हाले

सिलगढ़ी 25 सेप्टेम्बर- आन्दोलन अघि मोर्चाका सहयोगी सदस्या साथै सह-सचिव पदमा रहेका विनयलाई बंगालका मुख्यमन्त्रीले जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटर (बीओए) गठन गरे पछि यस बोर्डको विनय तामाङले अध्यक्ष पद सम्हाल्नसाथ जीटीएलाई भ्रष्टाचारमुक्त गर्ने संकल्प लिएको छ। विनय तामाङले बोर्ड अफ् एडमिनिट्रेटरका अध्यक्ष, अनित थापाले उपाध्यक्ष र अन्यले आ-आफ्नो पद सम्हाले पछि गोरामुमो अध्यक्ष मन घिसिङ र दार्जीलिङका विधायक अमरसिंह राई उपस्थित भएनन्। 

दशैंपछि मन घिसिङ अनि अमरसिंह राईले पनि आ-आफ्नो दायित्व हातमा लिने आशा व्यक्त गरे। जीटीएको मुख्यालय लालकोठीमा आफ्नो पद सम्हालेपछि उनले बीओए अनि जीटीएका कार्यकारी अधिकारीवर्गसित म्याराथान बैठक गरे। त्यसपछि पत्रकार सम्मेलनको गर्दै तीनले भने बीओएले दार्जीलिङ पहाड़मा अर्को व्यवस्था लागू नभएसम्म र जीटीएको चुनाउ नभएसम्म आफ्नो कार्य सन्चालन गर्ने बताए। विधायक अमरसिंह राईले दशैंपछि आफ्नो पद सम्हाल्ने वचन दिएको छ। भने मन घिसिङले पनि दशैंपछिनै आफ्नो पद सम्हाल्ने आशा गरिएको छ। जीटीएका विभागीय अभियन्तावर्ग, कार्यकारी निर्देशकवर्ग लगायत अन्य शीर्ष अधिकारीवर्गसित बैठक गरे,  जीटीएमा सुशासन, भ्रष्टाचारमुक्त अनि कार्य संस्कार आदिबारेमा चर्चा गरियो। 

सूत्रबाट थाहा लागे अनुसार जीटीएका शीर्ष अधिकारीदेखि डी श्रेणीका कर्मचारीहरू सबै बिहान 10 बजीदेखि साँझ 4 बजीसम्म उपस्थित हुनु पर्नेछ। जीटीएका प्रत्येक विभागीय कार्यालयहरुमा बायो-मेट्रिक (उपस्थित यन्त्र) लगाउने छौं। विनयले भने-गोर्खाल्यान्ड आन्दोलनले गर्दा जीटीएका धेरै सम्पत्ति नष्ट भएका छन्, तर यसको जिम्मा यस नयाँ बीओएले लिनेछैन। यस बोर्डले आजदेखि उताको मात्रै जिम्मेवारी लिनेछ भनि बताए।




Leave comment