CDOLIVE.IN

  Thursday , January 18 , 2018 10:55PM


सिंहको अपिलमा पहाड़ हलचल, गोर्खाल्याण्डको भविष्य अन्योलमा

post_image
दार्जीलिङ पहाड़मा हलटल शुरू

सिलगढ़ी 27 सेप्टेम्बर-गोर्खाल्याण्डको प्राप्तको निम्ति अनिश्चितकालीन बन्द चलिएको पनि एकसय पाँचदिन पछि केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले मुख खोल्दै पहाडमा धेरै हिंसा, मारकाट र संसाधनहरू नष्ट भइसके छ। पहाडका जनताले स्थायी समस्याको सामाधानको निम्ति केन्द्रिय हस्तक्षेपको माग धेरै पल्ट गर्दा पनि गृहमन्त्री मौन बसेका थिए। हिजो मात्र उनले लोकतन्त्रमा समस्याको सामाधानको निम्ति एक मात्र माध्यम संवादमात्र हो भन्दै मोर्चालाई अनिश्चितकालीन बन्द खोलाउने अपिल गरियो। उनको अपिलपछि नै लगत्तै विमल गुरूङले आज बिहानदेखि बन्द खोलाइदिने अपिल गरेका हुन्। राजनाथ सिंहले भने कानूनी परिधिभित्र बसेर गरिएका संयमित संवादमा नै सामाधान सम्भव हुने छ। 

सिंहले यसको निम्ति केन्द्रिय गृह सचिव राजिव गौबालाई 15 दिनभित्र केन्द्रिय मन्त्रालयमा पहाडको समस्यालाई लिएर आधिकारिकस्तरको बैठक गर्न निर्देश पनि दिइसकेको छ। म विमल गुरूङलाई अपिल गर्छु कि मोर्चाले पनि माहौल बनाउनको निम्ति मोर्चालाई अनिश्चिताकीलन बन्द खुलाएर जनजीवन सामान्य गर्ने र संवादको वातावरण बनाइदिने अपिल गर्छु। 

 यस अपिललाई विमलले आशा राख्दै 15 दिनभित्रमा गोर्खाल्याण्डको निम्ति वार्ता हुनेछ भन्दै केन्द्रिय गृहमन्त्री राजनाथ सिंहको अपिललाई सम्मान गर्दै 15 दिनसम्मको लागि म बन्द स्थगित गरिएको घोषणा गर्दछु परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनले संवादको बाटो पक्रिएको कारण सबैले नै 15 दिनसम्म पहाड खुला गर्न सहयोग गरिदिने अपिल गरे। 

लग्तै पहाड़मा दोकान पाट पूर्णरूपले खोलिन शुरु भयो। 15 दिनपछि के विमल गुरूङको राजनैतिक रणनीतिलाई जनताले मान्ने हो ? कि विनयको जीटीए-2-मा जनताले लिने हो त्यो 15 दिनवाद नै तय हुनेछ।




Leave comment