CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:21PM


दार्जीलिङमा हिंसा- गोलीबारीमा पुलिस इन्सपेक्टर र मोर्चा कार्यकर्ता मृत्यु

post_image
दार्जीलिङमा हिंसा फेरी

दार्जीलिङ 13 अक्टूबर- दार्जीलिङ पहाड़ बन्द खोलिएको 16 औँ दिनपछि फेरि हिंसामा शुरू भएको छ। गोजमुमो अध्यक्ष विमल गुरुङलाई केन्द्र गर्दै आज दार्जीलिङको वर्नसवेग चिया बगानमा बिहान 5 बजी देखि पुलिसले छापा मार्दै गोली चलाएको छ। गोली लागेर एकजना पुलिस अधिकारी अनि एकजना मोर्चा कार्यकर्ताको मृत्यु भएको जनकारी प्राप्त भएको छ। पुलिसले आज बिहान तकभर क्षेत्रमा छापा मार्दै गर्दा अचानक विमल गुरुङ पन्थी कार्यकर्ताहरू अनि पुलिसमाझ झड़प भयो। पुलिस सूत्रअनुसार दुवैपक्षको गोलीबारीमा एकजना मोर्चा कार्यकर्ता र एकजना पुलिस अधिकारीको मृत्यु भएको छ। मृत्यु हुने पुलिस अधिकारी एसआई अमिताभ मल्लिकको रहेको वताएको छ। धेरै घाइते साथै सीआरपीएफको बसलाई पनि जलाइएको खबर छ। विमल गुरुङलाई केन्द्र गरेर नै यो छापामरी भएको बताइएको छ। किनभने विमल गुरुङविरूद्ध यूए(पी) ए. को मुद्दा दर्ता गरिएको छ। अहिलेसम्म कति मोर्चा कार्यकर्ताहरूको मृत्यु भयो भन्नेकुरा आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन। गुरुङले हिजो मात्रै 30 अक्टोबरका दिन आफू सडकमा आउने बताउँदै मर्नपरे जनताअघि नै मर्ने बयान दिएका थिए। यो वयान आएको केटी घण्टा नबित्दै आज पुलिसले छापामारी अभियान चलाएको हो। मोर्चा कार्यकर्ताको मृत्यु भएको अझै पुष्टि भएको छैन।




Leave comment