CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:18PM


विनय र अनितले मुख्यमन्त्रीलाई झट्ट राजीनामा देउ, जीटीए 2 जनविरोधी व्यवस्था पुष्टि भयो - सामुएल गुरुङ

post_image
सामुएल गुरुङले विनय र अनित थापालाई जीटीए 2 बाट राजीनामा दिनुपर्ने माग गर्दै

कालेबुङ 13 अक्टूबर-मोर्चा केन्द्रिय समितिका साङ्गठनिक सचिव सामुएल गुरुङले विनय र अनित थापालाई जीटीए 2 बाट राजीनामा दिनुपर्ने माग गरे। गुरुङको छोड़ी विनयको शरण लिएका सामुएल गुरुङले आज घटना भएपछि जीटीएबाट राजीनामा पत्र विनय र अनीतले झट्टै खारेज गरेर मुख्यमन्त्रीलाई वुझाउने मांग गरे। विनय-अनित संगै मञ्चमा उभिएर विमलको विरूद्ध बोल्ने सामुएल गुरुङले आज फेसबुकमार्फत एउटा वयान जारी गर्दै भनेका छन् कि विमल गुरुङले मात्र पहाडमा शान्ति ल्याउनसक्ने बताएका छन्। जीटीए 2 जनविरोधी व्यवस्था पुष्टि भयो। सामुएले विनय-अनितलाई अनुरोध गर्दै गुरुङले लेखेका छन्, झट्टभन्दा झट्ट राजीनामा साथै जीटीए खारेजको प्रस्ताव मुख्यमन्त्रीलाई देउ। विनय र अनीतलाई सुझाउ दिर्दै लेखेका छन् पहाड़मा विमल बाहेक अरूले शान्ति ल्याउन नसकिने भनेर मुख्यमन्त्रीलाई भन छुट्टै राज्य निर्माणको पक्षमा वार्ताको पहल गरिहाल्ने सुझाउ झट्ट मुख्यमन्त्रीलाई देउ, विमल गुरुङ साथै आम जनताको माग हो भनि हाल। सामुएल गुरुङले विनय अनि अनितलाई विमल गुरुङलाई जनतासामु ल्याउने मार्ग र उपायहरू सुनिश्त गर्ने माग पनि गरेका छन्।




Leave comment