CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:17PM


केन्द्र सरकारले पहाड़बाट 7 कम्पनी सीआरपीएफ अनि 3 कम्पनी एसएसबी हटाउने निर्णय

post_image
केन्द्र सरकारले दार्जीलिङ पहाडबाट 7 कम्पनी सीआरपीएफ अनि 3 कम्पनी एसएसबी हटाउने

नई दिल्ली 15 अक्टूबर-केन्द्र सरकारले दार्जीलिङ पहाडमा आएका 7 कम्पनी सीआरपीएफ अनि 3 कम्पनी एसएसबी हटाउने निर्णय लिएको छ। भोलिदेखि नै सीआरपीएफ अनि एसएसबी गरेर 10 कम्पनी सुरक्षा बल फिर्ता लिने भएको हो। दार्जीलिङको अस्वभाविक स्थिति पार्न राज्य सरकारले केन्द्रलाई अनुरोध गर्दै सीआरपीएफ अनि एसएसबी मागेको थियो। अब दार्जीलिङ अनि कालेबुङ भरिमा आगामी 20 अक्टोबरसम्मका निम्ति केवल पाँच कम्पनी मात्र सीआरपीफ राख्ने केन्द्रको निर्णय गरेको छ। केन्द्र सरकारको निर्णयप्रति राज्य सरकारले असन्तुष्ट गरेको छ। राज्यको गृह विभगले सुरक्षा बल फिर्ता लिने निर्णयको विरोध गर्दै केन्द्रलाई पत्रचार गरेको सूत्रले जनाएको छ।




Leave comment