CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:24PM


सिक्किममा जिल्ला र ग्राम स्तरको 2017 को पञ्चायत चुनाउ शुक्रबार हुने

post_image
जिल्ला र ग्रामको दुई स्तरको पञ्चायत चुनाउको तयारी

गान्तोक 2 नोभेम्बर- जिल्ला र ग्रामको दुई स्तरको पञ्चायत चुनाउ भोली शुक्रबार राज्यभरि सपन्न हुनेछ। चुनाउको निम्ति तैनाथ सबै चुनाउकर्मीहरू आफ्नो मतदान केन्द्रतिर प्रस्थान गरे। शान्तिपूर्वक चुनाउ सम्पन्न गर्नको निम्ति राज्यको चारै जिल्लामा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीलगायत प्रमुख विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम), भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवारहरू र निर्दलीय उम्मेदवारहरू उत्रिएको छ। कांग्रेसले पार्टीले चुनाउको विरोध गर्दै पञ्चायत चुनाउ नै वहिष्कार गरिएको छ। शुक्रबारको दिन सिक्किमे जनताले उम्मेदवारहरूको भाग्य ईभीएम मशीनमा बन्द गर्ने छ। भोटको गन्ती 05 नोभेम्बरको दिन हुनेछ। यस चुनाउमा विभिन्न राजनीतिक पार्टी र निर्दलीय गरी कूल 1,290 उम्मेदवार मैदानमा उत्रेका छन्। जसमा 228 जिल्ला पञ्चायत र 1,062 ग्राम पञ्चायत उम्मेदवारहरू सामेल छन्। कूल 564 उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। यसमा 27 जिल्ला पञ्चायत र 537 ग्राम पञ्चायत उम्मेदवार सामेल भएका छन्। निर्वाचित हुने सबै नै एसडीएफ पार्टीका उम्मेदवारहरू छन्। यस चुनाउमा एसडीएफ पार्टीका 50 प्रतिशत भन्दा अधिक उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेको छ। भोली कूल 2,63,085 मतदाताले जिल्ला र ग्राम पञ्चायत वार्डका उम्मेदवारहरूलाई मतदान गर्नेछन्। कुल पुरूष मतदाताहरूको संख्या 1,35,200 र कुल महिला मतदाताहरूको संख्या 1,27,885 रहेको छ। शुक्रबारको दिन हुने राज्यको कूल 849 मतदान मतदान हुनेछ।




Leave comment