CDOLIVE.IN

  Wednesday , August 15 , 2018 9:02PM


47औं मासिक कथा वाचन सम्पन्न

post_image
मिरिक झील परिसरमा 47औं मासिक कथा वाचन प्रस्तुत गर्दै

मिरिक4 नोभेम्बर-आयोजित 47औं मासिक कथा वाचनका मिरिक झील परिसरमा कमला राईको अध्यक्षतामा आयोजित 47औं मासिक कथा वाचनका केहि झलकहर- कार्यक्रम शुरु हुनभन्दा अघि भर्खरै दिवंगत हुनभएका साहित्यकारहरू महानन्द पौड़्याल र आइ के सिँहको निधनमा एक मिनटको मौन धारण गरियो। साहित्य सुनौँको आयोजनामा आगामी 19 नोभेम्बरमा मिरिकमा हुने स्व. धनबीर पुरीको कथा संग्रह पैतालामुनिको जून र शीला लामाको कविता संग्रह विस्मृत स्मृतिहरू दुईवटा पुस्तक विमोचनहरू बारे छलफल भयो। कविता र कथा वाचन गर्नेहरू यसप्रकार थिए-निर्मल तामङ-कविता पाठ-1. लौरोहरूको कथा 2. समावेश, सागर सुब्बा-कविता-युवा हौँ हामी, राम राई-कविता-मेरो सिरानी, आदर्श राई-हिन्दी कविता-क्रिसमस यानि कि मैँ, बिष्णुकुमार बराइली-कथा-ठूलेको घर समीक्षा राई-कविता-17 जुनदेखि 19 जुनसम्म मुस्कान खेसाङ-कविता-नाराका गीतहरू, केसाङ लामा-कथा-लाटकोसेरो शान्ति, कमला तामङ-कविता-मज्जा छ दार्जीलिङ र एउटा हिन्दी कविता, गणेश बराइली-गजल, पूर्ण वान्तवा-कविता-कालो इतिहास, दीप जोशी-कथा-नयाँ युग उदाउँछ, अमर दुङमाली-कविता-खोर र कुख्रा, माधव बुढ़ाथोकी-कथा-बिर्खेको बाबुको अर्ति, शीला लामा-एउटा कथा अनि एउटा कविता,कमला राई- कविता-रोशन राई-प्रेरक प्रसंग राजबाहादुर राईले आजका रचनाहरूको संक्षिप्त समीक्षा गरेपछि कमला राईले कार्यक्रम समापनको घोषणा गरिन्। कवि विजय वान्तवा कैलाशीले शीतल पेयको व्यवस्था गरेका थिए।

Related Photos




Leave comment