CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:54PM


पहाड़मा भाइरल रेसिडेन्सियल सर्टिफिटेक विषय विनयले मुख खोले

post_image
रेसिडेन्सियल सर्टिफिटेकको भाइरल

सिलगढ़ी4 नोभेम्बर-दार्जीलिङ जिल्लामा अहिले घरि रेसिडेन्सियल सर्टिफिटेक बनाउनको फारमको कपि अहिले सोसल मिडियामा भाइरल भएको छ। भाइरल भएका फारममा 1950 अघिका सरकारी कागजपत्रको पेपर मागिएको छ।पहाड़का मानिसहरूले आफ्नो आफ्नो विषय राख्न थालेका छन्। नेपालीहरूलाई खेदैवरी लगाउने हो भनि अनुमान लगाउँदै छन्। यसै सम्बन्धमा जिटीए चेयरम्यान विनय तामाङले आज मुख खोल्न कर लागियो। रेसिडेन्सियल सर्टिफिकेट बनाउँदा 1950 सालअघिको प्रमाण-पत्र सर्वसाधरण मानिसलाई नभएर आन्दोलन कालका आरोपीहरूको निम्ति अनिवार्य रहेको हो। आधिकारिकरूपमा कसैले फारम बारे मुख खोलेका थिएनन्। यो भाइरल रहेको फारमको झुठो होइन भन्ने बिनय तामाङले साँचो प्रमाणित गरेका छन्।
बंगाल सरकारले पहाडका नेपालीहरूलाई खेद्ने षडयन्त्र हो भन्दै गरिएको बेला विनय तामाङले फारमको रहस्यलाई अर्को दिशा तिर मोडिदिएका छन्।नेपालबाट आएका हो-होइन् अथवा नेपालबाट बिहे गरेर ल्याइएका हो होइनन्,आदि छानबीन गर्न बनाइएको फारम हो। केवल आरोपीहरूका निम्ति मात्र 1950 अघिको कागजपत्र अनिवार्य गरिएको हो, तामाङले बताए। 1950 मा नेपाल-भारत सन्धि भएको थियो। जुन सन्धिमा नेपाल-भारतबाट एउटा नागरिकहरूले अर्को देशमा गएर बस्नसक्ने साथै व्यापार वाणिज्य गर्नसक्ने कुरा उल्लेख छ। आज यसैलाई लिदै सन्धिलाई आधार बनिएर फारम सार्वजनिक गरिएको घटना अघि आएपछि मानिसहरूमा अन्योता देखा पर्न थालेको छ। यस विषयमा स्पष्टिकरण दिँदै तामाङले यो फारम सर्वसाधरणलाई नभएर केवल आरोपीहरूको छानबिनगर्न मात्र जारी गरिएको स्पष्टिकरण दिएको छ।




Leave comment