CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:19PM


विमल निस्किए सिधा जेल जाने - विनय तामङ

post_image
तामाङले पत्रकारलाई सम्बोधन गर्दै

कालेबुङ 4 नोभेम्बर-पहाडमा विमल र रोशन इतिहासको पानामा छपिएको तामाङले दावी गरेको छ। विमल र रोशनविरूद्ध अनकौँ मुद्दाहरू रहेकाले फर्केर आएर राजनीति गर्न नसक्ने विनय तामाङको दावी गरे। कालेबुङ भ्रमणमाको विनय तामाङले आज डेलोमा पत्रकारहरूलाई सम्बोधन गर्दै यसो भने अब पहाडमा विमल र रोशनको अन्त भइसकेको सङ्केत गरे। उनीहरू आउँछन् भन्नु त मुर्खले मात्र सोच्छ विनय भने,उनीहरू माथि विरूद्ध जुनप्रकारका आरोपहरू छ यसैले फर्केर आउने र राजनीति गर्छन् यो नसुहाउने विषय हो। विमल जङ्गलबाट निस्किए पछि सिधा जेल जाने दाबी गरे। शुक्रबार राती कालेबुङ आइपुगेका विनय तामाङले आफ्नो समर्थकहरूसित भेट गरेर विकासमूलक योजनाहरू तयार पार्ने बताए। अहिलेसम्म पनि कालेबुङका कति मोर्चाका नेताहरू विनय गुटमा गएकै छैन्। अहिले सम्म पनि कालेबुङ नगरपालिका समेत विनयको झोलिमा पसेको छैन्। तामाङले यसो भने,जति पनि मोर्चामा थिए उनीहरूले चाँडै निर्णय लिउँन, पार्टीको सेवा र गोर्खा जातिको सेवा गर्नेलाई स्वागत छ। तामाङले बताएकी आफूहरूसित समय कम्ति रहेका कारण अब नपर्खिने भन्दै भोलि देखि नै कालेबुङ डिसिट्रिक्ट वर्किङ कमिटी बनाउने र वटामा समष्टिमध्ये 11 वटा समष्टिमा एडहक कमिटी बनिसकेको अनि चाँडै रहल दुई वटा समष्टिमा पनि कमिटी बनाउने बताए। 10 दिनभित्र कालेबुङमा ठूलो जनसभा गर्ने तामाङले बताए।




Leave comment