CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:42AM


डब्लूबीसीएसएसमा नेपाली विषयमा अप्सनल गर्ने – आन्दोलनकालमा मृत्यु 2 लाख र ग्रुप डी नौकरी, घाइतेलाई 50 हजार दिने

post_image
पिन्टेल भिलेजमा बसेमा मुखयमन्त्री ममता व्यानर्जी

सिलगढ़ी 21 नोभेम्बर -पिन्टेल भिलेजमा बसेको बैठकमा पहाड विकासकाहरूको महत्वपूर्ण निर्णयहरू लिदै पत्रकार सम्मेलन गर्दै मुखयमन्त्री ममता व्यानर्जीले बताएकी छ। बैठकमा लिएका थिए विनय तामाङ गुठ गोर्खा जनमुक्ति मोर्चा, गोरामुमो र गोर्खालिग उपस्थित रहेको थियो। बैठकम निर्णय लिदै मुख्यमन्त्रीले भनिन्, आन्दोलन अवधि मृत भएकाहरूलाई क्षतिपूर्ति दिने, साथै उनीहरू माथि विरूद्ध कुनै अपराधिक मामिला दर्ता नभएको अनि आन्दोलनकालमा मारिएका परिवारलाई 2 लाख गरेर क्षतिपूर्ति दिइनेछ साथै उक्त परिवारका सदस्यलाई ग्रुप डी-मा जिटीएले नौकरी दिनेछ। घाइते भएकाहरूलाई 50 हजार रूपियाँ गरेर दिइनेछ। जिटीएमा पर्यटन उत्सव मनाउने र रोजगार वृद्धिका अनेकौं अवसरहरूको निर्माण गरिनेछ बताए। दिसम्बरको अन्त तिर जनवरीको शुरुमा पहाडमामा पर्यटन उत्सव मनाउने विकासको निम्ति सबैलाई कार्यरूपमा ल्याउने, दार्जीलिङमा गोल्डकप फेरि शुरु गर्ने मिरिक, पिन्टेल भिलेज, खरसाङ, कालेबुङमा पर्यटन विकासका पहलहरू गरिने पनि बताइन्। शिक्षकहरूलाई तीन महिनाको वेतन दिइनेछ, उनीहरूले विदाको दिन पनि पाठ्यक्रम पूरा गर्न पढाउनुपर्नेछ। सरकारी कर्मचारीहरूलाई पनि दुई महिनाको तलब दिइनेछ। चिया श्रमिकहरूको बोनसको निम्ति कम्पनीहरूलाई आदेश दिइसकेको भन्दै धेरै वटा कम्पनीले वोनस त दिइरहेको तर वेतन नदिएको भन्दै शीघ्र नै वेतन उपलब्ध गराउनुपर्ने बताइन्। जसले वेतन उपलब्ध गर्दैन सरकारले कार्वाही गर्ने पनि बताइन्। बन्द भएको समयमा तिर्न नसकेको ट्याक्समाथि लागेको पेनल्टी तिर्न नलाग्ने केवल ट्याक्समात्र तिर्नुपर्नेछ मुख्यमन्त्रीले भनिन् मुख्यमन्त्रीले डब्लूबीसीएसएसमा नेपाली विषयलाई अप्सनल गर्नेबारे शीघ्र नै चिफ सेक्रेटेरीलाई छलफल गर्ने निर्देश दिएको अनि दार्जीलिङमा पनि सेन्टर बनाउने विषयमा कुराकानी गरेर पहल गर्ने आश्वासन पनि दिएकी छिन्।




Leave comment