CDOLIVE.IN

  Monday , September 25 , 2017 11:41AM


डा. आइबी थापा विद्यालय स्कूलमा स्रष्टा दान खालिङको मूर्ति स्थापना

post_image
स्रष्टा दान खालिङको मूर्ति उद्धघटन गर्नु हुन्दै

सिलगढ़ी २८ जनवरी सिलगढ़ी-प्रधाननगर स्थित डा. आइबी थापा विद्यालयमा स्रष्टा दान खालिङको मूर्ति (प्रतिमा) स्कूल परिसरमा स्थापना गरियो। मूर्तिकार अमिर सुन्दासले बनाएका थिए। श्री गोकुल सिन्हाको अध्यक्षतामा यस प्रतिमाको विधिवत रूपमा उद्घाटन गरियो। महान साहित्यकार डा. इन्द्र बहादुर राईको अवस्था सहि नभएको कारण वहाँको सम्बोधनलाई प्रोजेकटरमा देखाइयो भने सबै उपस्थित रहेकाहरूले ध्यान पूर्वक वहाँ विचार सुने। विशेष अतिथिको रूपमा आसन ग्रहण गर्नु हुने महान व्यक्तित्वहरू डॉ नरेश चंद्रा खाति, श्री नरबहादुर दहल, श्री मिमलाल सापकोटा, श्री युवराज काफ्ले, श्री नवमा खालिङ्, श्री तुलसी भट्टराई, श्री लक्ष्मण श्रीमल, साथै स्कूलका शिक्षकगण एवं सगुन विद्यालय पत्रिका सम्पादक श्री तिलक लम्साल अनि कार्यकारी सम्पादक श्री रोहित शर्मा व्यवस्थापक श्री हेमन्त शर्मा (प्रधान अध्यापक) सल्लाहकार श्री सुब्रत चक्रवर्ती, श्री मदन कुमार सुब्बा, श्रीमती निलिला दान, श्री कृष्ण प्रसाद शर्मा रहेका छन्। यस कार्यक्रममा अन्य स्कूलका शिक्षण शिक्षिकागण एवं समाज सेवीगणहरू पनि उपस्थित रहेको थियो।

Related Photos




Leave comment