CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:06PM


मिरिक हेलिप्याडमा साहित्य सुनौँ परिवारको अड़तालिसौँ मासिक भेटघाट

post_image
साहित्य सुनौँ परिवार, मिरिकको अड़तालिसौँ मासिक साहित्यिक भेटघाट

मिरिक 2 दिसम्बर-आज मिरिक पर्यटन केन्द्रको उँचो स्थानमा रहेको हेलिप्याडमा साहित्य सुनौँ परिवार, मिरिकको अड़तालिसौँ मासिक साहित्यिक भेटघाट परिवारको अध्यक्ष कमला राईको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा रनजीत गुरुङ, अजम प्रधान, पूर्ण वान्तवाले कविता वाचन गरे । माधव बुढ़ाथोकी, विष्णुकुमार बराइली, शीला लामा, अमर दुङमाली, सुमित्रा रुमदाली आदिले कथा वाचन गरे । कार्यक्रममा मुस्कान राई खेसाङ, कमला तामङ र कमला राईले हिन्दीमा कविता वाचन गरेका थिए । रोशन राई आदित्यले विजय वान्तवा कैलाशीको माधव बुढ़ाथोकीमाथि लेखिएको कविता वाचन गरे। कोषाध्यक्ष कमला राईले कार्यक्रमको अन्तमा परिवारको आय व्ययको रपोर्ट सुनाइन अनि संस्थाका कानुनी सल्लाहकार दधिराम घिमिरेले परिवारको पंजीकरण भएपछि तयार पारिएको डिड अध्यक्ष र सचिवलाई हस्तान्तर गरे । कार्यक्रमको संचालन साहित्य सुनौँ परिवारका सचिव शीला लामाले गरेकी थिइन् अनि अन्तमा अध्यक्ष कमला राईले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन भएको थियो । माधव बुढ़ाथोकी

Related Photos




Leave comment