CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:12PM


भारतमा हिमालयन मंत्रालय हुन जरुरी छ – श्री सतपालजी महाराज

post_image
सतपाल महाराजले सम्बोधन गर्नु हुन्दै

सिलगड़ी–2 जनवरी -भारतमा पहाड़ी क्षेत्रका राज्यहरूको समुचित विकाश हुन सकिरहेको छैन अनि पहाड़का राज्यहरूले अनगिन्ती समस्याहरूको सम्मुखिन हुन परिरहेको छ । आज सारा विश्व ग्लोवल वार्मिङको चपेटमा छ, यसको प्रभाव सागरमा भन्दा पहिला पहाड़ी क्षेत्रमा पर्ने गर्छ । भारतबर्षमा हिमालय क्षेत्रसित संलग्न पहाड़ी राज्यहरू अत्यन्त संवेदनशील छन् । यी क्षेत्रहरूको समुचित विकाशतर्फ ध्यान दिइएन भने यसले देशमा थप समस्याहरू जोड़िनेछन् । पहाड़का समस्याहरू मधेसका भन्दा भिन्नै छन् , यसैले देशले मधेसका विकाश योजनाहरूसित पहाड़का समस्याहरूलाई जोड़दा यसले धेरैवटा असुविधाहरू पैदा हुने गर्छ अनि विकाशमूलक कार्यमा धेरै बाधाहरू हुनसक्छन् । हिमालयन मंत्रालयले विशेष रुपमा पहाड़का समुचित विकाशको निम्ति यो सित संलग्न पहाड़ी राज्यहरूको विभिन्न योजनाहरूलाई कार्यान्वयन गर्दै समस्याहरूको समाधान गर्न सक्छ । आज पहाड़ी राज्यहरूबाट केन्द्रमा गएका मंत्रीहरूले विशेष रुपमा पहाड़का समस्याहरूमाथि काम गर्न सकिरहेका छैनन् उनीहरूले सारा देशको विकाशतर्फ सरकारले तयार गरेको कार्य योजनामाथि काम गर्नुपर्ने हुनुपर्छ, यसैले विशेष रुपमा पहाड़ी क्षेत्रको निम्ति अलगै मंत्रालय भएको भए त्यसले केवल पहाड़को विकाशको निम्ति सोँच्नसक्नेथियो , अनि बर्तमान समयमा सारा विश्वले भोग्नुपरेको ग्लोवल वार्मिङ जसले सबभन्दा पहिला पहाड़ी क्षेत्रमा प्रभाव पार्ने गर्छ .. ग्लोवल वार्मिङले सबभन्दा पहिले हिमालयमा असर हुने गर्छ अनि पहाड़ी इलाकामा प्राकृतिक प्रकोप हुने गरेको छ, ग्लोवल वार्मिङको कारणले पहाड़का जैविक विविधताहरू नष्ट हुँदै गइरहेका छन् । त्यसलाई देशले अलग किसिमले योजनाहरू तयार पार्न सकिरहेको छैन । आज पहाड़को समुचित विकाश हुन नसकेर पहाड़बाट युवाहरू देशका विकशित शहरहरूमा पलायन हुन परिरहेको छ, एउटा मात्र राज्य होइन, हिमालय क्षेत्रसित संलग्न पहाड़ी राज्यहरूबाट युवाहरू अनगिन्ती संख्यामा यसरी नोकरीको खोजीमा पलायन भैरहेका छन् जो अत्यन्त चिन्ताको विषय हुनगएको छ । जब जब पनि पहाड़मा विकाशको उपेक्षा हुन्छ यसले युवाहरूमा नकारात्मक सोंच अघि आउने गर्छ अनि यसले देशलाई नोक्सान पु-याउँछ । केन्द्रमा यस अघि हिमालयन मंत्रालय बारे कुराकानी भएको हो, तर आज आएर यो विषयमाथि सरकारले कुनै चिन्ताधारा लिन सकिरहेको छैन अनि पहाड़ी क्षेत्रका कुनै पनि राजनैतिक पार्टी न ता कुनै पनि नेतृत्वले हिमालयन मंत्रालयमाथि कुराहरू उठाउन सकिरहेका छैनन् । आज हिमालयन क्षेत्रमा संलग्न राजनैतिक पार्टीहरूले यो मंत्रालय बारे चिन्ताधारा लिएर केन्द्रमा कुरा उठाउन अत्यन्त जरुरी महसुस गरिरहेको छु. । पहाड़ी राज्यहरूप्रति सरकारको उपेक्षित चिन्ताधारामाथि श्री महाराजले चिन्ता व्यक्त गरे । सद्भावना सम्मेलनको अवसरमा आएका श्री महाराजले यस आशयको जानकारी दिएका छन् । विशेष समवादाता - माधव बुढ़ाथोकी




Leave comment