CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:13PM


श्री सतपालजी महाराजका साथ अन्तरंग बातचित

post_image
सतपाल जी महाराजले अन्तरंग बातचित गर्नु हुन्दै

(मेरो अध्यात्मसित राजनीतिमा प्रवेशकोउध्देश्य समाज र  देशलाई चतुर्मुशी विकाश गर्नलाई हो– श्री सतपालजी महाराज) 
सिलगढ़ी-अन्तर्वार्ताकार-माधव बुढ़ाथोकी-श्री सतपालजी महाराज को जन्म हरिद्वारको कनखलमा 21 सेप्टेम्बर 1951मा भयो। वहाँका पिता श्री हंस जी महाराज एकजना आध्यात्मिक साधक हुनुहुन्थ्यो अनि माता राजेश्वरी देवी पनि धर्मपरायण महिला थिइन् । आफ्ना पूज्य पिताजीको बाटोमा हिँड़ेर श्री सतपाल जी महाराजले मानव धर्मको प्रचारद्वारा सारा विश्वमा सद्भावना , मानवीय प्रेम अनि आपसी भाइचारा बड़ाउनको निम्ति व्यापक रुपमा आध्यात्मिक प्रचारमा मानव उत्थान सेवा समिति जस्तो अध्यात्मोपयोगी सामाजिक संस्थाको स्थापना गरी निरन्तर आध्यात्मिक प्रचार गरिरहेका छन् , फलस्वरुप आज सारा विश्वमा उनका अनुयायीहरूको संख्या बड़िरहेको छ । वितेका केही बर्षहरूदेखि श्री महाराजजीले राजनैतिक क्रियाकलापद्वारा आफ्नो छवि बनाइरहेका छन् । वहाँ केन्द्रमा राज्य मंत्रीको रुपमा पनि रहिसकेका छन् । आज उत्तराखण्डमा केविनैट मिनिस्टरको  रुपमा द्रुत गतिले उत्तराखण्डका विकाश गरिरहेका छन् । वहाँ भर्खरको चुनावभन्दा पहिले देखि  भाजपामा सामेल भएर उत्तराखण्डको  39 नम्बर कन्सटिटुयेन्सी चौबट्टाखालदेखि विजयी हुनुभएको छ । आज उत्तराखण्डको  सरकारमा श्री महाराज  सिँचाई, खाद्य नियन्त्रण, लघु सिंचाई, रेन वाटर हारभेस्टिङ, जल प्रबन्धन, भारत नेपाल उत्तराखण्ड नदी जल परियोजना, पर्यटन, तीर्थ यात्रा एवं धार्मिक मेला एवं संस्कृति जस्ता  महत्वपूर्ण विभाग का मन्त्री हुनुहुन्छ । श्री सतपाल जी महाराजले  उत्तराखण्ड राज्य निर्माणमा  महत्वपूर्ण भूमिका निभाउनु भएको छ  । केन्द्रीय मंत्रीको  रुपमा रहँदा वहाँले उत्तराखण्ड राज्य निर्माणको निम्ति तत्कालिन प्रधान मंत्री एच डी देवगौड़ा अनि आइ के गुजराल एवं पश्चिम बंगालका  तत्कालिन मूख्य मंत्री ज्योति वसुसित वातचित गरेका थिए । आज उत्तराखण्ड नयाँ राज्यगठन भएर प्रगतिको निम्ति संघर्षपथमा छ । पहाड़ी इलाकाको  देवभूमि उत्तराखण्डलाई समृद्ध बनाउनको निम्ति सतपालजी महाराज आज पूर्णरुपले संकल्परत हुनुहुन्छ । प्रस्तुत छ माधव बुढ़ाथोकीले उनका  साथ गरेको राजनैतिक एवं आध्यात्मिक प्रश्नोत्तरका केही  अंश। 
क. राजनैतिक सवाल
प्रश्न  1.   तपाईँ अध्यात्मसंगसंगै राजनीतिमा आउनुको उध्देश्य के थियो ?
उत्तर 1. मेरो अध्यात्मसित राजनीतिमा  प्रवेशको  उध्देश्य समाज र देशलाई चतुर्मुखी विकाश गर्नु रहेको छ । मानसिक शान्तिको निम्ति  अध्यात्म जरुरी छ । तर शारीरिक र सामाजिक विकाशको निम्ति भौतिक विकाश हुनु पनि अनिवार्य छ । यदि हामी केवल अध्यात्ममा जागरुक छौँ अनि भौतिक विकाश न को बराबर छ भने हामी सिर्फ पंगु हुन्छौं । मानवको सम्पूर्ण विकाशको निम्ति हाम्रो  आन्तरिक अनि बाह्य विकाश जरुरी छ तब नै हाम्रो जीवन पूर्ण विकशित हुन्छ अनि  सम्पूर्ण विकाशको निम्ति  स्वच्छ  पारदर्शी-राजनीति वर्तमान समाज को माँग हो । विशेष गरी यिनै  कारणहरूले  म राजनीतिमा  आएको हूँ ।
प्रश्न 2.  मानिसहरू भन्छन्  राजनीति धेरै मैला हुन्छ राजनीतिमा राम्रा मानिसहरू आउँदैनन् यस्तो विवादास्पद क्षेत्रलाई तपाईँले किन चुन्नु भयो ? तपाईँको विचारमा  राजनीति के हो ?
उत्तर 2.  मेरो विचारमा स्वच्छ राजनीति समाज एवं देशको बहुमुखी विकाशको सशक्त माध्यम हो अपितु राजनीति विकाशपरक होस् । राजनीति ती मानिसहरूले गर्दा मैला  हुन्छ  जो राजनीतिमा गएर आफ्नो विकाश त गर्छन् नै  तर समाज र  देशको  विकाश देखि  बेखबर रहन्छन्  आफ्नो चुनावको निम्ति क्षुद्र षढ़यन्त्रमूलक पद्धति अपनाउँछन् त्यो  राजनीति मैला हुन्छ । देशको विकाशलाई शिखरमा  लैजानको निम्ति राम्रा अनि रचनात्मक सोँच भएका मानिसहरू  राजनीतिमा आउनु अति आवश्यक छ ।
प्रश्न 3. पहिलो पल्ट राजनीतिमा आउँदा तपाईँ पौड़ी गढ़वाल क्षेत्रबाट पराजित हुनुभयो, त्यस समय तपाईँलाई कस्तो लाग्यो ?
उत्तर 3.  पौड़ी गड़वाल संसदीय क्षेत्रमा  जब मैले पहिलो पल्ट लोक सभा को चुनाव लड़ें तब चुनावी लहर विपरीत हुनको वाद पनि मलाई सोँचेको भन्दा धेरै अधिक जन-समर्थन (वोट) मिल्यो जब कि मेरो राजनीति मा पहिलो (नया) प्रवेश थियो । जन-समर्थन को आँकड़ा देखेर भविष्य मा सफल हुने  उत्साह बढ़्यो ।
प्रश्न 4 राजनीति मा आउनुको लागि तपाईँलाई  कसले प्रेरित ग-यो ? 
उत्तर 4  आफ्नो  मातृभूमि एवं देवभूमि (उत्तराखण्ड) को दशकोंदेखि विकाश को उपेक्षा अनि त्यहाँ विकाश को अपार सम्भावनालाई  देखेर  मैले उत्तराखण्डको विकाशको संकल्प लिएँ अनि राजनीतिमा आएँ ।
प्रश्न 5 पहिले तपाईँ काग्रेसमा हुनुहुन्थ्यो, त्यस पछि  सेक्युलर काँग्रेस फेरि काँग्रेस अनि आज तपाईँ भाजपा मा हुनुहुन्छ  , तपाईँ जस्तो आध्यात्मिक पुरुषले यस प्रकारले  राजनैतिक दल परिवर्तन गर्नु  किन आवश्यक प-यो ?
उत्तर 5  मैले  देशको राजनीतिमा प्रवेश कुनै राजनैतिक पार्टी विशेषको निम्ति गरेको थिइन तर विकाशको पारदर्शी राजनीतिको माध्यमद्वारा  देशको  सेवा गर्नको निम्ति गरेको हूँ । अत: जुन  पार्टीमा रहेर देशको राम्रो प्रकारले  सेवा हुन सक्छ म त्यसैमा सामिल भएँ ।
प्रश्न 6  आज तपाईँ भाजपाका  राष्ट्रीय सलाहकार पनि हुनुहुन्छ, के भाजपाले तपाईँको सलाहलाई मान्यता दिन्छ ?
उत्तर 6  देश, काल, परिस्थिति  अनुसार जब जब पार्टीलाई मेरो सलाहको  आवश्यक्ता पर्छ तब मैले राष्ट्र एवं पार्टी हितलाई मध्यनजर राखेर उचित सलाह दिएँ अनि पार्टीले  मेरो सलाहलाई तबज्जो (मान्यता) दियो।
प्रश्न 7  तपाईँ एम पी हुनुहुन्थ्यो, केन्द्रीय मन्त्री पनि  बन्नुभयो , लोकसभामा तपाईँलाई विशेष स्थान पनि दिइएको थियो, यति भएर पनि तपाईँले उत्तराखण्ड विधानसभाको चुनावमा  भाग लिने विचार किन गर्नुभयो ? केन्द्रीय मंत्री भएको भए तपाईँ राष्ट्रीय स्तरको काम गर्न सक्नुहुन्थ्यो, राज्यको मंत्रीको पदमा तपाईँ किन खुम्चनु भयो ?
उत्तर 7  विशेष गरी मेरो राजनैतिक लक्ष्य आफ्नो मातृभूमि (उत्तराखण्ड)को  चहुँमुखी विकाशसित  रहेको छ  न कि लोकसभा या विधान सभासित  । बर्तमानमा  म सरकारमा पर्यटन मंत्री हूँ, अनि उत्तराखण्डलाई पर्यटन हब बनाउने अनि देश मात्र होइन, विश्वको ध्यान उत्तराखण्डतिर  खिंच्नको निम्ति संकल्पबध्द छु ता कि देवभूमिको प्राकृतिक एवं आध्यात्मिक सम्पदासित  दुनिया परिचित हुन सकोस् ।
प्रश्न 8 आज तपाईँसित राजनैतिक चुनौतिहरू के के छन्?
उत्तर 8 आज उत्तराखण्ड राज्यबाट  नौजवानहरूको  अत्यन्त वेसी पलायनलाई  रोक्नु, उत्तराखण्डलाई भ्रष्टाचार देखि मुक्ति दिलाउनु, यहाँ उचित शिक्षा, रोजगार तथा चिकित्सा सुविधा उपलब्ध गराउनु एवं उत्तराखण्डलाई  विश्वभरि  पर्यटनको  दृष्टिले  ख्याति दिलाउनु रहेको छ  ।
प्रश्न 9 देवभूमि उत्तराखण्डको  विकाशको  सम्भावनाहरूलाई लिएर तपाईँसित के के  योजना छन् अनि कुन कुन योजनाहरूमा आज कति काम भैरहेका छन् ? यसमा सरकारले  तपाईँलाई कति सहयोग दिइरहेको छ ? के तपाईँको सरकारले भ्रष्टाचार मानसिक वृत्ति भएकाहरूलाई अँकुश लगाउन सक्नेछ ?
उत्तर 9 देवभूमि उत्तराखण्डमा  पर्यटनका  अनेकों अभूतपूर्व संभावनाहरू छन्  जसमा योजनाबध्द तरिकाले कार्य भैरहेको छ अनि सरकारको  भरपूर सहयोग मिल्ने  संभावना छ । उत्तराखण्ड सरकार राज्यबाट सम्पूर्ण भ्रष्टाचारलाई  समाप्त गर्नको निम्ति संकल्पबध्द छ  तथा स्वच्छ भारत अभियानलाई तीव्रता सित अघि बढ़ाइरहेको छ ।
प्रश्न 10  राजनीतिको निम्ति तपाईँ देशलाई के सन्देश दिन चाहनुहुन्छ ?
उत्तर 10  म देशको राजनीतिलाई  यो सन्देश दिन चाहन्छु कि आज विकाशको रचनात्मक सोंच राख्ने इमान्दार छवि भएकाहरू  सक्रिय राजनीतिमा अवश्य आउनु पर्छ।
महाराजजी तपाईँले मेरो राजनैतिक प्रश्नहरूलाई धेरै नै इमान्दारीसित उत्तर दिनु भयो, तपाईँ आफ्नो राजनैतिक अभियानद्वारा उत्तराखण्ड  अनि देशको विकाशको निम्ति जुन संघर्ष गरिरहनुभएको छ त्यसमा तपाईँ
सफल हुनुहोस् हामी यही कामना गर्छौँ । तपाईँलाई धेरै धेरै  धन्यवाद । एक आध्यात्मिक पुरुष हुनको  नाताले तपाईँसित केही  आध्यात्मिक कुराहरू पनि गर्न चाहन्छु , कपया अनुमति प्रदान गर्नुहोला । श्री महाराजजीले अत्यन्त शालिनतासित आध्यात्मिक चर्चाको  अनुमति प्रदान गर्नुभयो , प्रस्तुत छ वातचितको केही अंश ।
ख आध्यात्मिक प्रश्नहरू
(भर्गो ज्योति अर्थात चेतनाको  प्रकाशलाई  प्रत्यक्ष चित्त-रूपी दर्पणले सजिलोसित देख्न सकिन्छ )
प्रश्न 1. धर्म, सम्प्रदाय अनि अध्यात्ममा  फरक के छ ?
उत्तर 1  धर्मको  वास्तविक सम्बन्ध ध्यानको  धारणासित छ । धर्मको  मूल ध्यान अनि फूल सद्भावना हो। कुनै विचारधारालाई  चाहे त्यो सामाजिक या धार्मिक नै किन नहोस्  त्यो वैचारिकतालाई  समर्थन दिने समुहलाई सम्प्रदाय भनिन्छ । अध्यात्म मानव चेतनाको  जागरणको  अनुभूतिसित  सम्बन्धित अनुभव ज्ञान हो  जो अन्तर्जगतसित  सम्बन्धित छ ।  
प्रश्न 2. जुन मानिसहरू विभिन्न धार्मिक मान्यताहरूभित्र बाँचिरहेका छन् यस्तो स्थितिमा मानिसहरूको अध्यात्मको तटस्थ धारणालाई कुन प्रकारले प्रेरित गर्न सकिन्छ ? के यो सम्भव छ ? 
उत्तर 2  हाम्रो धार्मिक मान्यताहरू भिन्न भिन्न हुन सक्छ तर आध्यात्मिक धारणा सबैको निम्ति  समान हुन्छ जो कि अनुभवगम्य तथा प्रत्यक्षानुभूति हो जसलाई धारण गर्नु विवेकवान मानव मात्रको निम्ति सम्भव छ। 
प्रश्न 3.  ईश्वरको  नामको  अनुभव स्पन्दनमा गरिन्छ,  आखिर यो स्पन्दन हो ? जसको उल्लेख तपाईँ बार बार गरिरहनुभएको छ ?
उत्तर 3. ईश्वरको  नाम (स्पन्दन)को  प्रत्यक्षानुभूति “ एक ओंकार सतनाम ” हो जसलाई  शब्द-ब्रह्म या सार शब्द पनि भनिन्छ त्यही आदि स्पन्दन हो अनि प्रत्येक मानवको  अन्तर्जगतमा त्यही ईश्वर-नाम निनादित भैरहेको छ । ईश्वरको  नामको  अनुभव प्राप्त गर्नको निम्ति मानवलाई उचित मार्गदर्शनको   आवश्यक्ता छ ।  
प्रश्न 4  अणु परमाणुहरूदेखि पर जगतमा  मानवको चेतनाको  रहस्य के हो ? के चेतना पनि परमाणुहरूसित  सम्बन्धित छ ? चेतनाको  सुक्ष्म अवस्थालाई मानिसले सहजतासित किन अनुभव गर्न सक्दैन ?
उत्तर 4 सम्पूर्ण भौतिक जगत अणु-परमाणुहरूको  सम्मिश्रण हो तर मानव चेतनाको  ऊर्जालाई  ध्यानको माध्यमले  अनुभव गर्न सकिन्छ जुन चाहीँ हामी भित्र सत + चित + आनन्दको  रुपमा हाम्रो आध्यात्मिक स्वरुप हो । भर्गो ज्योति अर्थात चेतनाको  प्रकाशलाई  प्रत्यक्ष चित्त-रूपी दर्पणले  सजिलोसित देख्न सकिन्छ ।
प्रश्न 5 कर्म, संस्कार अनि प्रारब्धको  रहस्य अनि वास्तविकता के हो ?  भजन अनि सुमिरणले  यिनीहरूलाई प्रभावित गर्न सकिन्छ कि ?
उत्तर 5 मानवको  कर्म, संस्कार अनि प्रारब्ध पहिलेको  तथा वर्तमान जीवनमा संचित चित्तमा जमा रहन्छन् जो मानवको  चित्तलाई  अस्थिर गर्दै डगमगाइ रहन्छन्  । यही यस्को वास्तविक रहस्य हो । तर अध्यात्मको  ध्यान-साधना एवं प्रभु नाम-स्मरणले  मानव-चित्तमा  संलग्न कर्म, संस्कार एवं प्रारब्ध माथि नियंत्रण पाउन सकिन्छ तथा जीवनको  दशा एवं दिशालाई बद्लिन सकिन्छ ।
प्रश्न  6  अध्यात्म अनि विज्ञानलाई  कसरी  समन्वय गर्न सकिन्छ ?
उत्तर  6  विज्ञानद्वारा हामी  पदार्थहरूको विश्लेषण गर्छौँ तथा पदार्थका  यथार्थलाई जान्ने प्रयास गर्छौँ  जबकि अध्यात्मको  साधनाद्वारा हामी मानवको  अन्तर्निहित चेतनाको  अनुभवगम्य-ज्ञान (आत्मबोध) प्राप्त गर्छौँ अनि मानव जीवनको  सम्पूर्णताको निम्ति अध्यात्म एवं विज्ञानको  सार्थकतालाई जान्न अति आवश्यक छ। 
प्रश्न 7  अध्यात्ममा  राजनीति या राजनीतिमा  अध्यात्मको  आवश्यक्ता ज्यादा छ ?
जवाब 7  राजनीतिमा  यदि अध्यात्म भयो भने राजनीतिलाई  एउटा पारदर्शी समग्र दृष्टि प्राप्त हुन्छ जसद्वारा हामी समाज, देश र दुनियालाई हेर्ने  , सम्झने अनि केही गर्ने समझ पैदा हुन्छ तथा देशमा  रामराज्यको  कल्पना साकार हुनमा कसैले रोक्न सक्नेछैन । अध्यात्ममा  यदि नकारात्मक राजनीति भयो भने यसले  मानव समाजलाई गलत दिशामा लैजानेछ ।
प्रश्न 8  आध्यात्मिक अनुभव  प्राप्त गर्नको निम्ति सेवा अनि भक्तिको  अनिवार्यता किन छ ?
उत्तर 8  जीवनमा  आध्यात्मिक अनुभव प्राप्त गर्नको निम्ति सेवा अनि भक्तिको अनिवार्यता छ  जसले मानवलाई  क्रमबध्द तरीकाले  आध्यात्मिक जागृति तर्फ लिएर जान्छ  । सर्वप्रथम ईश्वरीय सेवा-भावना  द्वारा नै हामी आफ्नो  अन्तर्हृदयमा मे प्रवेश गर्छौँ  । क्रमिक रुपले  आध्यात्मिक क्षेत्रमा  बढ़ने पाइलाहरू यिनै हुन्  । त्यसपछि हामी  ध्यानको  जागरुक अवस्थामा पुग्छौँ ।
प्रश्न 9  स्थुलता जीवन हो कि सुक्ष्मता जीवन हो ? दुवैमा   अन्तर के छ अथवा दुवैको आपसी समन्वय या परस्पर प्रभाव कस्तो छ ?
उत्तर 9  सम्पूर्ण मानव जीवन स्थूल अनि सूक्ष्म दुवैको संयोगले बनिएको हो एक्लै सूक्ष्म या स्थूलको  सम्पूर्ण जीवनसित कुनै सम्बन्ध छैन । दुवै एक सिक्काका दुई पाटा हुन् । यदि पूर्ण जीवनको  अनुभव गर्नु छ भने  स्थूलदेखि  सूक्ष्ममा  प्रवेश गर्न पर्छ । यही स्थूल अनि सूक्ष्मको  समन्वयको निम्ति  आध्यात्मिक सद्गुरुको  जरुरत हुन्छ ।
महाराजजी, तपाईँले आफ्नो  व्यस्तता भएर पनि यति धेरै जिज्ञासाहरूलाई  शान्त गरिदिनुभयो यसको निम्ति म तपाईँको धेरै धेरै आभारी छु । तपाईँलाई धेरै धेरै धन्यबाद ।





Leave comment