CDOLIVE.IN

  Tuesday , July 17 , 2018 1:05PM


साहित्य सुनौ परिवारको ४९ औ कथा अनि साहितयिक गोष्ठी वाचन सम्पन्न

post_image
साहित्य सुनौ परिवारको ४९ औ कथा वाचन, साहितयिक गोष्ठी

मिरिक ६ जनवरी-साहित्य सुनौ परिवारको ४९ औ कथा वाचन अनि साहितयिक गोष्ठी नगरपुस्तकालयमा सम्पन्न भयो । परिवार अध्यक्ष कमला राईको अध्यक्षतामा अनि सचिव शीला लामाको संचालनमा सम्पन्न मासिक कथा वाचन अनि साहित्य गोष्ठीमा वाइएन ढकालले कवयित्री शुभद्र बम्जन सावलीको विम्व कविताहरु सुनाए भने तिनले मुर्धन्य कथाकार शिव कुमार राईको सम्झनामा केही रोचक संस्मरण सुनाए । कार्यक्रममा अजम प्रधान , हाङखिम प्रवेस , निर्मल तामाङ , शीला लामा , कमला राईले कविता सुनाए भने रोशन राई अादित्यले गीत अनि कथा सुनाए । कार्यक्रममा शिव कुमार राई जन्म शतवार्षिकी समारोह समिति खर्साङले पठाएको पत्र सचिव शीला लामाले पढी सुनाइन् भने पत्रमाथि चर्चा पनि गरियो । शिव कुमार राई जन्म शतवार्षिकी समारोह समिति खर्साङले देशको विभिन्न क्षेत्रमा वर्षभरि जन्म शतवार्षिकी मनाउने अनि मिरिकमा साहित्य सुनौं परिवारको सहयोगमा मनाउने योजना रहेकोले पत्र पठाएको प्रसंगमा अागामी फरवरी प्रकरणमा सबै सदस्यहरुलाई एकत्रित गरेर ठोस निर्णय लिईने निष्कर्ष गरियो । कार्यक्रममा साहित्य विकास र रचनात्मक लेखनमाथि पनि चर्चा गरियो ।




Leave comment