CDOLIVE.IN

  Saturday , June 23 , 2018 9:53AM


कार्निवलको उद्घाटन साथै सिक्किमका एम्बासेडर चर्चित संगीतकार एआर रहमान बने

post_image
पाल्जोर स्तेडियममा सिक्किम रेड पाण्डा विन्टर कार्नवलको उद्घाटनमा मुख्यमन्त्री पवन साथै एआर रहमान

गान्तोक 8 जनवरी-हिमाली राज्य सिक्किमको एम्बासेडर वरिष्ठ संगीतकार एआर रहमान बने। आज पाल्जोर स्तेडियममा सिक्किम रेड पाण्डा विन्टर कार्नवलको उद्घाटनमा मुख्यमन्त्री पवन चामलिङले आधिकारिक रूपमा संगीतकार रहमानलाई सिक्किमको ब्राण्ड एम्बासेडर घोषणा गरियो। सिक्किम पर्यटन तथा नागरिक उड्डयन विभगा द्वारा आयोजित विन्टर कार्निवलमा विश्व स्तरमै चर्चित संगीतकार रहमानलाई एम्बासेडर घोषित गरेर सिक्किमको पर्यटनलाई वैश्विक स्तरमा प्रचार गरिएको छ। 10 दिनसम्म चल्ने यो उत्सव सिक्किमकै निम्ति पहिलोपल्ट गरिएको पर्यटनसित सम्बन्धित विराट उत्सव हो। 

मुख्यमन्त्री चामलिङले आफ्नो संक्षिप्त सम्बोधनमा ब्राण्ड एम्बासेडरलाई सिक्किम र कार्निवलमा स्वागत जनाए। सिक्किमको एम्बासेडर बन्नको निम्ति सरकारको प्रस्ताव स्वीकार गर्दै सिक्किमको निम्ति आफ्नो समय दिएकोमा मुख्यमन्त्री चामलिङले आभार प्रकट गरे। नयाँ वर्षमा कार्निवलको शुरूआतसितै धेरै कार्यहरू गर्नुपर्ने धेरै सफलता प्राप्त गर्नुपर्ने बताए। सिकक्म सरकार द्वारा विशेष रूपमा पर्यावरणको संरक्षणको दिशामा चालेको विषयमा जानकारी दिए। पर्यटनको दिशामा सिक्किमले राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा प्राप्त गरेको सम्मानको पनि चर्चा गरे। सिक्किमे जनताले सिक्किमको स्वच्छ छवीलाई यथावत राख्न कुरा पनि बताए राज्यमा विभिन्न विकासीय योजनाहरू भईरहेको बारेमा पनि अवगत गराए। 

सिक्कमका ब्राण्ड एम्बासेडर घोषणा पछि रहमानले सिक्किम सरकारप्रति खुसी व्यक्त गरे। सुन्दर सिक्किमको प्रशंसा गर्दै विभिन्न क्षेत्रमा कार्य गरिरहेको र सिक्किमी जनताको न्यानो माया साथै सराहना पनि गरे। मुख्यमन्त्रीद्वारा कार्निवलको उद्घाटन पछि विभिन्न समुदायले रङ्गा रङ साँस्कृतिक कार्यक्रम  प्रस्तुत गरे। सिक्किम पुलिस र सदमा स्कूलको ब्याण्डले आफ्नो प्रस्तुती दिएका थिए। यसैगरि मार्सलआर्ट र 1 सय गिटारिष्टले गीतार प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य मुख्य सचिव एके श्रीवास्तवले राखेका थिए। आगामी 18 जनवरीसम्म विभिन्न रङ्गारङ कार्यक्रमको बीच कार्निवल सम्पन्न हुने बताए। - बबु तामङ्ग




Leave comment